Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

म्याद थप्न नचाहने शक्ति लोकतन्त्र बिरोधी : प्रधानमन्त्री

Sunday, 05.15.2011, 08:21pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, जेठ

संविधान सभाको म्याद थप्नु अघि शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन ठोस कार्य योजना ल्याउने बताउनु भएको छ ।त्यसका लागि सबै दलसँग छलफल तिब्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नु भयो ।शान्ति र संविधानका लागि ठोस कदम चाल्न आग्रह गर्दै आइतबार भेट्न गएका स़ंचारकर्मीहरुको टोलीसँग प्रधानमन्त्री खनालले बाँकी दिनको लेखाजोखा गरेर कार्यतालिका बनाउनु पर्ने बताउनु भयो ।सेना समायोजन मोडालिटीको बिषयमा माओवादी नेतृत्वसँग छलफल चलिरहेको जनाउँदै उहाँले केही दिनभित्र त्यसको टुंगो लगाउने बताउनु भयो ।उहाँले समयमा नै संविधान निर्माण हुन नसक्नुको दोष सबै दलहरुले लिनु पर्ने भन्दै उहाँले एकअर्कालाई आरोप लगाउन नहुने बताउनु भयो ।प्रधानमन्त्री खनालले संविधान सभाको म्याद थप्न नचाहने शक्ति लोकतन्त्र बिरोधी भएको आरोप समेत लगाउनु भयो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top