Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
  • एम्बुसमा परे नेपाली काँग्रेसका नेता डा. रामशरण महत

    Friday, 11.17.2017, 11:47am

    नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । चुनावी प्रचारका क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।

  • समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश

    Monday, 11.13.2017, 01:22pm

    समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आईतबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो । ..........

  • आज गणेशमान सिंहको १ सय २ औँ जन्म जयन्ती

    Friday, 11.10.2017, 12:37pm

    कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज १ सय २ औँ जन्म जयन्तीमा कांग्रेस एवं उसका भातृसंगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सो अवसरमा गणेशमान सिंह फाउन्डेसनले भने राजधानीमा आज अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।..........

  • अब सिद्धिने पालो नेपालका कम्युनिष्टहरुको हो : कांग्रेस नेता खाँण

    Wednesday, 11.08.2017, 12:20pm

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै सिद्दिने दावी गर्नुभएको छ ।नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली जनता सधैभरी लोकतान्त्रिक शासन पद्धति,शान्ति र विकासको पक्षमा रहेको बताउदै भन्नुभयो,“ निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड र ओली नामका दुइजना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउदैन लोकतन्त्रका लागि निरड.कुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरङ्कुशता स्वीकार गर्नै सक्दैनन ।”..........

  • बाम घोषणापत्रमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि मुख्य

    Wednesday, 11.08.2017, 12:05pm

    नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर साझा चुनावी घोषणापत्र हिजो सार्वजनिक गरेका छन्। संविधान कार्यान्वयनलाई मुख्य कार्यभार मानेको एमाले– माओवादी संयुक्त घोषणापत्रले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिलाई मुख्य अजेन्डाका रुपमा अघि सारेका हुन् । ..........

  • राप्रपा घोषणापत्र सार्वजानिक, राजसंस्थासहितको लोकतन्त्र

    Tuesday, 11.07.2017, 12:28pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयका साथ चुनावी घोषणापत्रमा सार्वजानिक गरेको छ । ..........

  • उम्मेदवारी फिर्ता लिन सेनाको हेलिकप्टर चढेर मन्थली पुगे बागी उम्मेदवार

    Wednesday, 10.25.2017, 02:57pm

    बाम गठवन्धनमा उम्मेदवारीमा कुरा नमिले पछि बागी उम्मेदवारी दिएका माओवादीका प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैनकुमार मोक्तानले बागी उम्मेदवारी लिएका माओवादी नेताहरु काठमाडौंबाट हेलिकप्टर चार्टर गरी मन्थली पुगि उम्मेदवारी फिर्ता लिएका छन् । ..........

  • यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू

    Sunday, 10.22.2017, 01:35pm

    नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार साँझ बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो ।यता नेकपा (एमाले) पनि निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ।..........

  • विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता

    Tuesday, 10.17.2017, 12:17pm

    मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारले नेपाली कांग्रेससँग एकता गरेका छन् । उनी एक दशकपछि नेपाली कांग्रेसमा नै फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले हिजो सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्। ..........

  • कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति

    Monday, 10.16.2017, 02:12pm

    बाम गठवन्धनबाट वाहिरिएका नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवासँग हिजो भएको वार्तामा २ नम्वर क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}