Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
  • तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, एमाले नेतृत्वको सरकार अझै अपूर्ण

    Friday, 06.19.2009, 12:46pm

    काठमाडौं । सरकार गठन भएको झन्डै तीन हप्तापछि प्रधानमन्त्री माधव नेपालले बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पटकपटक पूर्णता दिलाउने बताइए पनि बुधबार पनि मन्त्रिपरिषद् अपूर्ण नै बनेको छ ।

    मन्त्रिपरिषद् विस्तार गरिएपछि मन्त्रीको संख्या १६ पुगेको छ । बुधबार कांग्रेसका एक मन्त्री र  एमालेका तर्फबाट चार मन्त्रीले शपथ लिएका छन् । बुधबार विस्तारित मन्त्रिपरिषद्मा मधेसी दलहरू भने सहभागी भएनन् । मधेसीलगायत साना दल मन्त्रिपरिषद्मा सहभागी नभएपछि सरकारले पूर्णता नपाएको हो......

  • हङकङ-नेपाल बृहत साहित्य सम्मेलन हुने

    Wednesday, 06.17.2009, 07:04am

    गत १४ जुन जोर्डनमा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको बैठक बसी चीन भ्रमणमा रहेका बैरागी काइाला, मोदनाथ प्रश्रति, डा. तुलसी भट्टराई र रामेश श्रेष्ठलगायत केही वरिष्ठ साहित्यकारहरूलाई जुलाई १ र २ तारिखका दिन हङकङ-नेपाल बृहत साहित्य सम्मेलनका लागि निमन्त्रण गर्ने निर्णय गरिएको छ । सम्मेलनको आयोजना हङकङका साहित्यिक संस्थाहरूले संयुक्त रूपमा गर्नेछन् भने सहआयोजक पन्सेटिया प्राथमिक विद्यालय रहनेछ । सम्मेलन आयोजक समितिको संयोजकमा हाङयुग अज्ञात, सहसंयोजकमा किराँती भोगेन एक्ले र सदस्यहरूमा पन्सेटियाका तर्फबाट गणेश इजम, जनजाति साहित्य समूहका तर्फबाट भूपेन्द्र चेम्जोङ, आदिबासी गीतकार समाजका तर्फबाट प्रदीप कन्दङ्वा, अनेसास हङकङका तर्फबाट कमल पौडेल, नेपाली साहित्य प्रतिष्ठानका तर्फबाट डि. बि. पालुङ्वा र सृजनशील साहित्य समाजका तर्फबाट नरेश सुनुवार रहेका छन्......

  • कांग्रेसमा संसदीय दलका नेता चयनको तयारी, महामन्त्री गुरुङबाट पनि उम्मेदवारी घोषणा

    Wednesday, 06.17.2009, 06:54am

    काठमाडौं । संविधानसभा चुनाव भएको १५ महिनापछि कांग्रेसमा संसदीय दलको नेताका चुनावको तयारी भइरहेको छ । आगामी शनिबार हुन लागेको संसदीय दलको नेता चयनका लागि कांग्रेसका नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

    सगरमाथा टेलिभिजनको सगरमाथा विशेष कार्यक्रममार्फत कांग्रेस महामन्त्री कुलबहादुर गुरुङले संसदीय नेताका लागि उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री गुरुङले अनुभवका कारण पनि आफू नेतृत्व गर्न सक्षम रहेको भन्दै मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् ......

  • मंगलबार पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन, गृहमन्त्रालयमा एमाले र फोरमको खिचलो

    Wednesday, 06.17.2009, 06:52am

    काठमाडौं । गठबन्धन सरकारको नेतृत्व गरिरहेको एमाले नेताहरूले पटकपटक मन्त्रिपरिषद्लाई पूर्णता दिलाउने बताए पनि अझै सत्ता साझेदार दलहरूबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री माधव नेपालले त पछिल्लो पटक आइतबारभित्र नै मन्त्रिपरिषद्लाई पूर्णता दिने दाबी गरेका थिए तर मंगलबार पनि प्रधानमन्त्रीको दाबी पूरा भएन ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको पाँच दलको बैठक मंगलबार बिनानिष्कर्ष टुंगियो ।  मधेसवादी दलहरू र एमाले-कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ......

  • विभिन्न वहानामा माओवादीको बन्द, लगातारको बन्दले जनजीवन कष्टकर

    Tuesday, 06.16.2009, 06:31am

    काठमाडौं । सरकारबाट बाहिरिनासाथ आन्दोलनमा लागेको एकीकृत नेकपा माओवादीले बन्द गराउने क्रमलाई तीब्रता दिएको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमको विरोध गर्दै बन्द गर्दै आएको माओवादीले सोमबार भने कार्यकर्ता हत्याको विरोधमा बन्द गराएको छ ।

    माओवादी भातृसंगठन वाईसीएलले सोमबार माओवादीका काठमाडौं जिल्ला सदस्य तथा इलाका नम्बर ७ का संयोजक राजेन्द्र फुयाँलको हत्याको विरोधमा काठमाडौं उपत्यका बन्द गरायो । वाईसीएलले एमाले भ्रातृसंगठन युथफोर्सले फुयाँललाई मारेको भन्दै दोषीलाई कारबाही गर्न माग गर्दै उपत्यका बन्द गराएको हो......

  • कांग्रेस-एमाले सहमतिप्रति मधेसी मोर्चा असन्तुष्ट, गठबन्धन संस्कृतिलाई चुनौती

    Monday, 06.15.2009, 07:27am

    काठमाडौं । कांग्रेस र एमालेबीच शनिबार मन्त्रालय बाँडचुँडका विषयमा भएको सहमतिप्रति लोकतान्त्रिक मधेसी मोर्चाले असन्तुष्टि जनाएको छ ।

    सत्ता समीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मोर्चासँग छलफल नगरी मन्त्रालयमा सहमति गरिएको भन्दै मोर्चाले कांग्रेस-एमाले सहमति मान्य नहुने चेतावनी दिएको हो । मधेसी जनअधिकार फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी सम्मिलित मोर्चाको आइतबारको बैठकले कांग्रेस र एमालेले गठबन्धनको संस्कृतिलाई चुनौती दिएको ठहरसमेत गरेको छ......

  • संखुवा सभा समाज हङकङको वृक्षरोपण तथा गोडमेल कार्यक्रम सम्पन्न

    Monday, 06.15.2009, 07:20am

    संखुवा सभा समाज हङकङले सन् २००८ जुन २९ तारिखका दिन लान्ताउ आईल्याण्डको मुइवो भन्ने ठाउँमा अवस्थित डाँडोमा वृक्षरोपण गरेको थियो । उक्त विरूवालाई हुर्काउने, बढाउँने जिम्मावारी पनि यहि समाजले लिएकोले जुन ७ तारिख २००९ आईतबारका दिन गोडमेल कार्यक्रम सम्पन्न गर्यो । हङकङको वातावरणलाई प्रदुषणबाट मुक्त राख्ने अभिप्रायले आयोजित कार्यक्रमको संयोजन समाजका अध्यक्ष श्री हेम राईले गर्नु भएको थियो । सल्लाकार श्री राज कुमार राई, श्री चक्र बहादुर राई र श्री डम्बर घले असई हुनुहुन्थ्यो भने समाजका आदरणिय अभिभावकहरू श्री चन्द्र बहादुर गुरूङ, श्री गिता राई, श्री हर्क बहादुर गुरूङ र श्री विष्णु गुरूङको उपस्थिती थियो......

  • बान्तवा भाषामा कवितासंग्रह प्रकाशन, बुङ्वाखाको भूमिकाका विषयमा छलफल

    Sunday, 06.14.2009, 07:08am

    काठमाडौं । किरात राई बान्तवा भाषामा पदम राई 'युद्धविराम'ले लेखेको कवितासंग्रह 'लादिप्मा' विमोचन गरिएको छ । यसलाई बान्तवा भाषामा प्रकाशन भएको पहिलो कवितासंग्रह भनिएको छ ।

    बान्तवा भाषाकै पत्रिका 'बुङ्वाखा'को ५० औं अंक प्रकाशन भएको अवसरमा शनिबार ललितपुरमा भएको भाषिक-विचार गोष्ठीमा यो कवितासंग्रह विमोचन गरिएको हो......

  • लाओती परीवार हङकङको कोष्धायक्ष श्री राजु लाओतीलाई विदाई

    Saturday, 06.13.2009, 06:14am

    ११ जुन, लाओती परीवार हङकङको कोष्धायक्ष श्री राजु लाओती यू के जाने हुनु भएको ले उहाँको विदाई जोर्डन स्थित एक नेपाली रेष्टुरेन्टमा सम्पन भएको छ । विदाई कार्यक्रमको अध्यक्षता परीवारको अध्यक्ष श्री हेम लाओतीले गर्नु भएको थियो । आफ्नो मन्तव्य राख्नेहरुमा परिवारको वर्तमान सल्लाहकार तथा संस्थापक अध्यक्ष श्री कृष्ण राज लाओती र सदस्य श्री हेम लाओती (कुमार) ले उतरोत्तर प्रगतिको कामना गर्नुका साथै राजु लाओती को काम र पारदर्शीताको परीवारले सदैव सम्झने छ भनु भएको थियो......

  • ह‌ङकङमा नागरीक मञ्चको गठन

    Friday, 06.12.2009, 08:06am

    जुन ८ हङकङ, हङकङबासी जागरुक नेपालीहरुको एक भेलाले नेपालमा भैरहेको राजनैतिक घटनाक्रम प्रति गम्भिर चासो राख्दै हङकङबासी नेपालीहरुलाई पनि नेपालको परिवर्तित राजनैतिक अवस्थाको बारेमा जानकारी दिने उद्येश्यले एक नागरिक मञ्चको स्थापना गरेको छ।

    भेलाले हालसालै नेपालमा भैरहेको राजनीतिक घटनाक्रम नेपाली जनताको शान्ति प्रतिको चाहना र लोकतन्त्र विरूद्द लक्षित भएको निश्कर्ष निकाल्दै नेपालमा नागरिक सर्वोच्चता स्थापित गर्न विभिन्न तवरमा भइरहेका कदमहरू तथा संघर्षहरूलाई हङकङबाट नैतिक समर्थन गर्ने निर्णय पनि गरेको छ....../

Hot News

 

SEARCH

Newsletter

{L_TOP}