Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
  • हङकङ नेपाली महासंघको १२ औं वाषिर्क उत्सव

    Tuesday, 01.25.2011, 07:23am

    हङकङ, २२ जनवरी २०११ का दिन याउ मा तेई कम्युनिटी हलमा हङकङ नेपाली महासघले आफ्नो १२ औं बाषिर्क उत्सव सम्पन गरेको छ ।

    महासंघको अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आउनु भएकी माईती नेपालाकी सस्थापक तथा सि.एन.एन. हिरो २०१० कि अनुराधा कोइराला, विषेश अतिथि नेपाली महावाणीज्यदुत बिनोद नेपाल र अतिथिहरूमा महासंघमा आबद्घ संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू लगायत याउ चि मिङ डिस्ट्रिक काउन्सिलर र समाहसेवी फर्मि वाङलाई आशन गराईएको थियो......

  • प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी नियमावली संशोधनको व्यवस्थामा दलहरूबीच सहमति

    Tuesday, 01.25.2011, 07:22am

    काठमाडौ, माघ १०, प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी नियमावली संशोधनको व्यवस्थामा दलहरूबीच सहमति जुटेको छ । संशोधनको व्यवस्था प्रस्ताव गर्न गठित उपसमितिको बैठकमा सोमबार सहमति जुटेको हो ।

    व्यबस्थापिका संसदले जेठ १४ गते प्रधानमन्त्री चयन हुनेगरी नयाँ प्रक्रिया थलनी गरेकोछ । नियमावली संशोधनको प्रस्ताव मंगलबार बैठकबाट पारित भएपछि प्रधानमन्त्री निर्वाचनको मिति तोक्ने तयारी गरेकोछ......

  • अझै मिलेन कुरा तीन दलको

    Tuesday, 01.25.2011, 07:21am

    काठमाडौँ, माघ १०, नेपाली कांग्रेस र एमालेले सेना समायोजनको मोडालिटी तथा वृहत शान्ति सम्झौता गरिएका कतिपय प्रतिबद्घता कार्यान्वयन भए एकिकृत माओवादीको नेतृत्व स्वीकार गर्न नसकि नेताएका छन् । लडाकुलाई विशेष समिति मार्फ ल्याएपछि माओवादीले सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरिरहेको बेला कांग्रेस र एमालेले सेना समायोजनको स्पष्ट खाका बनाउनु पर्ने सर्त अघि सारेका छन्......

  • झलनाथ खनाललाई थप्पड हान्ने देवीप्रसाद रेग्मी सोमबार रिहा

    Tuesday, 01.25.2011, 07:19am

    नेपाल, माघ १०, एमाले अध्यक्ष झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममा थप्पड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मी एक हजार रुपैयाँ धरौटीमा सोमबार रिहा भएका छन् ।

    रेग्मीलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हजार रुपैयाँ धरौटी र एक महिनाको तारेखमा रिहा गरेको हो । पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन इटहरी आएका खनाललाई माघ ६ गते एमाले पूर्व कार्यकर्ता सुनसरी, भरौल निवासी देवीप्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका थिए......

  • सरकारको नेतृत्व माओवादीले गर्छ: प्रचण्ड, नेतृत्व स्वीकार्य नहुने: सञ्चारमन्त्री

    Monday, 01.24.2011, 12:29am

            काठमाडौ, माघ ९, माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आफ्नो दलले गर्ने वातावरण बन्दै गएको बताएका छन् । शिविरमा रहेका माओवादी सेनाका लाडाकु विशेष समिति मातहतमा आएपछि कांग्रेस र एमालेको चिन्ता हटेकाले माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको अध्यक्ष दाहालको भनाईछ......

  • प्रचण्डले गर्दा मुख्य तीन दलको बैठक स्थगित

    Monday, 01.24.2011, 12:27am

    काठमाडौ, माघ ९, सहमतिय सरकारका गठनका लागि आइतबार बस्ने भनिएको मुख्य तीन दलको बैठक स्थगित भएकोछ । एकृकित माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड अनुपस्थित भएका कारण बैठक स्थगित गरिएको एमाले नेता भरत मोहन अधिकारीले जानकारी दिनुभयो । लडाकुलाई विशेष समिति मातहत ल्याउने कार्यक्रममा सरिक हुन चितवन पुगेका दाहाल उताबाट नफर्किएकाले अनुपस्थित भएका हुन्......

  • लडाकुहरू विशेष समिति माताहातमा आएको घोषणा

    Sunday, 01.23.2011, 01:51am

    नेपाल, माघ ८, एकिकृत माओवादीका लडाकुहरू शनिबारबाट औपचारिक रुपमा विशेष समिति माताहातमा आएका छन् । चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा शनिबार आयोजित एक विशिष्ट समारोहबीच प्रधानमन्त्री माधबकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले घोषण पत्रमा हस्ताक्षर गर्नु भएकोछ......

  • राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि पाँच दिन थप

    Saturday, 01.22.2011, 01:21am

            काठमाडौँ, माघ ७, राष्ट्रिय सहमतिका आधारमा सकार गठन गर्नका लागि राष्ट्रपतिले पाँच दिनको समयावधि थप गर्नु  भएकोछ । राष्ट्रपतिले सहमतीय सरकार निर्माण लागि गतसाता  शुक्रबारसम्मको समयसिमा दिनु भएको थियो । संविधान सभाका अधिकांश दलहरूको आग्रह बमोजिम शुक्रबार राष्ट्रपतिले सहमतिका लागि म्याद थप्नु भएको हो ।    सहमतिबाट निष्कर्षमा पुग्ने कुरा मुख्य दलका नेताहरूले बताएका छन् । माओवादीका सदस्य पोष्टबहादुर बोगटीले सहमतिको पहल जारी रहेकाले म्याद थप्नु पर्ने निष्कर्ष पुगेको बताउनु भयो......

  • खनालप्रति भएको हातपातप्रति एमाले र नेपाली कांग्रेसको आपत्ति

    Saturday, 01.22.2011, 01:20am

             काठमाडौँ, माघ ७, सुनसरीमा एमालेका अध्यक्ष झलनाथ खनालप्रति भएको हातपात प्रति एमाले र नेपाली कांग्रेसले आपत्ति जनाएका छन् । एमालेले शुक्रबार विज्ञप्ती जारी गरि दोषी माथि कारबाहि गर्न माग गरेकोछ ।

    विज्ञप्तीमा सो घटना प्रति सञ्चार माध्यममा आएका अभिब्यक्ति गैरजिम्मेवारी भएको उल्लेख गरिएकोछ । सचिव यूवराज ज्ञवालीले जारी गर्नु भएको विज्ञप्तीमा अराजक बिहिन ब्यक्तिलाई उदाहरण बनाएर जनताले गरेको ठान्ने प्रचारलाई यो घटनाले अझै रहस्यमय बनाएको उल्लेख गरिएकोछ......

  • सुडान मिसनमा ३० करोड घोटला

    Friday, 01.21.2011, 12:57am

            राष्ट्रसंघको सुडान र्डार्फरमा खटिएका नेपाल प्रहरीको टोलीलाई आफ्नो जिम्मेवारीबाट बञ्चित बनाएकोछ । त्यस मिसनमा चाहिने आवश्यक सामाग्रीहरू नभएको भन्दै टोलीलाई साधारण ड्यूटिमा मात्र खटाएको छ । त्यसभन्दा ३ महिना अघि राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिस किपिङले तत्काल एपिसि उपलब्ध नगराएको नेपाली मिसनलाई फिर्ता पर्ठाईदिने पत्र समेत नेपाल सरकारलाई पठाएको थियो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}