Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
  • मन्त्रालय बाँडफाटबारे टुङ्गो लगाउन ८ सदस्य कार्यदल गठन

    Sunday, 02.06.2011, 12:41am

    काठमाडौँ, माघ २२, एकिकृत माओवादी र एमालेले मन्त्रालय बाँडफाटबारे टुङ्गो लगाउन ८ सदस्य कार्यदल गठन गरेका छन् । नर्वनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले सपथ ग्रहण गर्नु अघि सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी स्वरुप मन्त्रालय बाँडफाट गर्न औपचारिक तयारी सुरुवात भएको हो ।

    प्रधानमन्त्री खनाल र माओवादी नेतृत्वबीच भएको छलफलमा दुबै पार्टीबाट चारचार जना सहभागि कार्यदल बनाउने सहमती भएको हो । कार्यदलमा एमाले उपाध्यक्ष बामदेव गौतम,महासचिव ईश्वर पोखरेल, सचिव विष्ण पौडेल र स्थायीसमिति सदस्य भरतमाहोन अधिकारी हुनु हुन्छ भने एकिकृत माओवादीका तर्फबाट उपाध्यक्ष नारायकाजि श्रेष्ठ, सचिव पोष्ट बहादुर बोगटी तथा नेताहरु देव गुरुङ र दिननाथ शर्मा हुनुहुन्छ......

  • काठमाडौँमा २८४७ औँ सोनाम ल्होसार

    Saturday, 02.05.2011, 01:04am

    काठमाडौँ, माघ २१, बौद्घ धर्मालम्वीहरूले शुक्रबार सोनाम ल्होसार मनाएका छन् । ल्हो भनाले वर्ष र छार भन्नाले नयाँ मान्ने वर्षका रूपमा मान्यजनबाट आर्शिबाद लिन र शुभकामना आदनप्रदान गरी यो पर्व मनाउने गरिन्छ । प्रत्येक वर्षको माघ शुक्लप्रतिपदा देखि सुरू हुने यो पर्वलाई नयाँ वर्ष अन्तर्गत बौद्घ धर्मालम्वीहरूले शुक्रबार देखि नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

    प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र परिवर्तन हुने वर्षलाई १२ वटा जन्तुको प्रतिकको रूपमा लिने गरिन्छ......

  • नेकपा एमाले हङकङ भेटघाट तथा बनभोज कार्यक्रम सम्पन

    Saturday, 02.05.2011, 01:03am

    हङकङ, २ फेब्रवरी २०११ को दिन गोल्डकोष्ट बि.बि.क्यू स्पोटमा नेकपा एमाले हङकङ कार्यसमितीद्वारा भेटघाट तथा बनभोज कार्यक्रम सम्पन गरेको छ ।

    नेकपा एमाले हङकङ समितीका अध्यक्ष ओमराज सम्बाहाङफेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी कास्कीका सभासद हितकाजी गुरूङ र एभरेष्ट साप्ताहिकका सम्पादक किशन राई रहनुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष भक्त गुरूङले गर्नु भएको थियो......

  • इङनाम इवाहाङ समिति हङकङको बार्षिक कार्यक्रम

    Saturday, 02.05.2011, 01:02am

     इङनाम इवाहाङ समिति हङकङको बार्षिक कार्यक्रम यहि फेब्रवरि ३ तारिख मङ्किहिलको बिबिक्यू प्राङगणमा बिभिन्न कार्यक्रमको साथ सम्पन्न भयो। हङकङ कार्य समितिका अध्यक्ष शस्टिका इङनामको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले वर्तमान कार्यसमिति भंग गरि एक नया ११ सदस्यिय कार्य समितिको समेत गठन गरको छ......

  • सात महिना पछि बल्ल देशले नयाँ प्रधानमन्त्री पायो.....

    Friday, 02.04.2011, 06:45am

    काठमाडौँ, माघ २०, एमाले अध्यक्ष झलनाथ खनाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोछ । व्यवस्थापिका संसदको बैठकमा विहिबार भएको निर्वाचनमा उहाँले ३६८ मत प्राप्त गरी बहुमतिय प्रक्रियाबाट उहाँ प्रधानमन्त्रीमा हुनु भएको हो।बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले झलनाथ खनाल बहुमतले निर्वाचित हुनु भएको घोषणा गर्नुभएको थियो । विहिबार भएको निर्वाचनमा नेकपा एमालेका झलनाथ खनाललाई ३६८ मत यस्तै गरेर नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई १२२ मत तथा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई ८७ मत प्राप्त भएको थियो.......

  • नेपाली महासंघले खेलाएको रनिङकप चुम्लुङको पोल्टामा

    Thursday, 02.03.2011, 08:48pm

    हङकङ, ०३ फेब्ररवरी २०११ को दिन काउलुन पार्कको फुटबल मैदानमा सम्पन नेपाली महांसंघ रनिङ कप किरात याक्थुङ चुम्लुङ हङकङले जितेको छ ।

    उक्त खेलमा नेपाली महासंघमा आबद्ध ८ वटा संस्थाहरुको टिमले भाग लिएका थिए । किरात याक्थुङ चुम्लुङ, लाङघाली सेवा समाज, संखुवासभा सेवा समाज, धरान हङकङ मञ्च, पान्थर मञ्च हङकङ, बडी बिल्डीङ हङकङ, चितवन सेवा मञ्च र एक्स इन्डीयन आर्मीले भाग लिएका थिए

  • हिन्सको भव्य जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम सम्पन्न

    Tuesday, 02.01.2011, 03:10pm

    ३० जनवरी २०११, हङकङ, यहां स्थित नेपाली समुदायको लागि सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सामाजिक संस्था एकिकृत हङकङ नेपाली समाज ९हिन्स०ले जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम याउ मा तेई स्थित हेनरी जी लङ कम्युनिटी हलमा भव्यताको साथ सम्पन्न गरेको छ ।

    हङकङको संवैधानिक मामिला सम्बन्धि मूख्यभूमी ब्यूरो प्रायोजक रहेको यस जातीय सद्भभाव सांस्कृतिक कार्यक्रममा हङकङ बिधान परिषदका अध्यक्ष जासपर चाङ, याउ ची मोङ जिल्ला अधिकृत श्रीमति विक्की कोक, हङकङ स्थित नेपाली महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय, बंगलादेशी महाबाणिज्यदूत अशुद अहमद......

  • किराती समुदायले श्लेषमान्तक वनमै समाधिस्थ गर्ने

    Tuesday, 02.01.2011, 06:58am

    काठमाडौ, माघ १७, प्रधानमन्त्री माधवकुमार नेपालले किराती समुदायलाई वैकल्पिक व्यवस्था नभएसम्म पशुपति क्षेत्रको श्लेषमान्तक वनमै समाधिस्थ गर्न पाउने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार किरात समुदायका प्रतिनिधि, आदिवासी जनजाति महासंघ, सभासद्हरुको प्रतिनिधि टोलिले  प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

    'प्रधानमन्त्रीज्यूले अर्को ठाउँको व्यवस्था नभएसम्म पशुपति श्लेष्मान्तक वनमा आज अहिल्यैबाट शव समाधिस्त गर्न सक्ने आदेश दिनु भएको छ......

  • आधा घण्टामा सकियो तीन दलको बैठक

    Tuesday, 02.01.2011, 06:57am

    काठमाडौँ, माघ १७, संविधान  निर्माण  र शान्ति प्रक्रियालाई निस्कर्ष पुर्याउनु पर्ने जिम्मेवारी बोकेका मुख्य तीनदल सहमतिय सरकार  गठनमा विफल भएका छन् । बहुमतिय भित्रै सहमति खोज्ने बताउदै आएका दलहरुले अन्तत सहमतिको सरकार कायम गर्न समेत असफल भएका छन् ।

    सोमबार शान्ति मन्त्रालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा सेना समायोजनको विषयलाई सत्ता साझेदारीको प्रमुख मुद्दा बनाएका तीन दलले आ-आफ्नो अडान नछाडेपछि तीन दलको बैठक निस्कर्षविहिन भएको हो......

  • देउवाको उम्मेदवार बन्ने कसरत

    Tuesday, 02.01.2011, 06:54am

    काठमाडौँ, माघ १७, प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा पार्टी सभापति सुसील कोइरालाले  उम्मेदवारीका विषयमा चाँसो नदिएको भन्दै नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा पक्षले आपत्ति जनाएकोछ ।

    देउवा निवास बुढानिलकण्ठमा सोमबार भएको भेटघट कार्यक्रममा देउवा पक्षधरले सभापति सुसील कोइरालाले छलफल नगरी आफ्नो निर्णय सुनाउने मनस्थितिमा रहेको भन्दै दवाब दिनु पर्नेमा सहमत भएका छन्......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}