Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • संबिधान संशोधन प्रक्रिया अन्यौलमा

    Thursday, 11.17.2011, 08:48pm

    राज्य पुनसंरचनाका लागि बिज्ञ समिति गठन गर्ने सम्बन्धमा दलहरु आआफ्नै अडानमा कायम भएपछि अन्तरिम संबिधान संशोधन प्रक्रिया अन्यौलमा परेको छ । बिज्ञ सम्मिलित समुहको क्षेत्राधिकार र कार्यदेशबारे दलहरुबीचको बिवाद झन जटिल बनेपछि अन्तरिम संबिधान संशोधन प्रक्रिया अन्यौलमा परेको हो । सरकारले बिज्ञ समुह गठन गर्ने प्रावधानसहित अन्तरिम संबिधान ११ औं संशोधन बिधेयक गत कार्तिक १८ गते संसद सचिवालयमा दर्ता गराएपनि पारितका लागि बोलाईएको संसद बैठक दलहरुबीचको विवादका कारण २ पटक स्थगित भईसकेको छ......

  • संविधानसभाको निर्णय मंसिर ८ गते

    Wednesday, 11.16.2011, 11:05pm

    संविधानसभाको म्याद थपविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले मंसिर ८ गते निर्णय सुनाउने भएको छ । भदौ ११ गते संविधानसभाको म्याद तीन महिना थप्ने निर्णयविरुद्ध दायर रिटमा बुधबार अन्तिम बहस सकिएको छ ।नेपाल बार र सर्वोच्चबाट खटिएका एमिकस क्युरी (अदालतका सहयोगी) हरूले बहस सकेपछि प्रधानन्यायाधीश खिलराज रेग्मी, वरिष्ठतम न्यायाधीश दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र प्रेम शर्माको विशेष इजलासले निर्णय सुनाउने मिति तोकेको हो......

  • विधान संशोधनका लागि बोलाइएको संसद बैठक स्थगित

    Wednesday, 11.16.2011, 11:04pm

    मुख्य दलबीच सहमति जुट्न नसकेपछि संविधान संशोधनका लागि बुधबार बोलाइएको व्यवस्थापिका संसदको बैठक अन्त्यमा सुचना टाँसेर स्थगित भएको छ । सरकारले अन्तरिम संविधानमा ११ औं संशोधन गरी राज्यपुन:संरचना आयोगको साटो विज्ञ सम्मिलित टोली गठनको बिधेयक प्रस्ताव गरेको थियो । विज्ञहरु सम्मिलित टोलीको क्षेत्राधिकारबारे दलहरुबीच बिवाद यथावत छ......

  • बाध्य भएर मन्त्रीपरिषद् ठूलो बनाए : प्रधानमन्त्री भट्टराई

    Tuesday, 11.15.2011, 10:48pm

    प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मन्त्रीपरिषद ठुलो बनाउनु आफ्नो बाध्यता भएको भन्दै शान्ति र संविधान निर्माणको मुल्यमा आफुले व्यक्तिगत प्रतिष्ठा समेत दाउमा राखेको बताउनुभएको छ । डा.भट्टराईले शान्ति र संबिधानकै कसीमा इतिहासले पनि आफ्नो मुल्यांकन गर्ने बिश्वास व्यक्त गर्नुभयो......

  • हङकङ नेपाली महासंघको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

    Tuesday, 11.15.2011, 12:50am

    हङकङ नेपाली महासंघको आयोजनामा १३ नोभेम्बर २०११ मंकीहिलमा बडा बनभोज तथा भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न भयो......

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    Monday, 11.14.2011, 08:57pm

    राष्ट्रपति डा.रामबरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच सोमबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न बिहान सवा ९ बजेतिर शितल निवास पुगेका प्रधानमन्त्री भट्टराईले हालैसम्पन्न सार्कको १७ औं शिखर सम्मेलनबारे जानकारी गराउनुभएको थियो । उहाँले सार्क सम्मेलन उपलब्धि मुलुकभएको भन्दै कार्यान्वयनका लागि पहल गर्ने बताउनुभएको थियो......

  • यस्तो छ पाँच मन्त्रीको सम्पत्ति विवरण

    Monday, 11.14.2011, 08:57pm

    विभिन्न मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छ ।प्राप्त विवरणअनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको सुनसरीको भलुवा८ मा दुई कट्ठा ७ धुरमा निर्मित दुईकोठे टिनको छाना भएको घर र चार कोठाको भूर्इंतले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाउँमा मोरङको विराटनगर१५ मा १७.२ धुरमा पाँच कोठाको पक्की घर निर्माणाधीन अवस्थामा रहेको छ.,....

  • डीबीसी रेडियोको उद्घाटन, हङकङको ब्रोडकास्टिङ क्षेत्रमा काशेढुङ्गा

    Monday, 11.14.2011, 03:48am

    डिजिटल ब्रोडकास्टिङ कर्पोरेसन (डीबीसी)ले अल्पसंख्यक जातिका भाषामा रेडियो कार्यक्रम शुरु गरेकोलाई गृहमामिला विभागका पर्मानेन्ट सेक्रेटरी रेमण्ड यङले कोशेढुङ्गा बताएका छन्......

  • हालसम्मकै ठूलो मन्त्रिपरिषद्

    Sunday, 11.13.2011, 10:00pm

    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालसम्मकै सबैभन्दा ठूलो मन्त्रिपरिषद्को गठन गर्नु भएको छ । आइतवार चार राज्य मन्त्रीको सपथ पछि मन्त्रीहरुको संख्या ४९ पुग्ने छ ।आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँले चार जना राज्यमन्त्रीहरुलाई  सपथ खुवाउनु भयो......

  • ढुङ्गेललाई माफी दिने निर्णय तत्काल फिर्ता हुनु पर्ने : माओवादी सचिव

    Sunday, 11.13.2011, 09:58pm

    माओवादीका सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिलाउने निर्णयका कारण प्रतिपक्षीको चर्को बिरोध झेली रहेका सरकारलाई आफ्नै पार्टीका नेताहरुबाट पनि दवाव पर्न थालेको छ । सत्तारुढ माओवादीकै सचिव सीपी गजुरेलले आइतवार राजधानीमा ढुङ्गेललाई माफी दिलाउनका लागि गरिएका निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताउनु भएको छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}