Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Overseas

बिलियनर बिनोद चौधरी हङकङका नेपालीहरु बिच

Monday, 11.21.2016, 11:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात "भोजपुरे"
२१ नोभेम्बर २०१६ हङकङ । नेपालका सफल ब्यबसायि धनाढ्य उधोगपति बिनोद चौधरीसँग हङकङका नेपाली ब्यवसायिहरुले साक्षात्कार गरे।एनआरएन हङकङ र च्याम्बर्स अफ कमर्स हङकङको संयुक्त आयोजनामा आईतबार दिउँसो जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एन्ड पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय हङकङ निबासी ब्यापारीहरुको सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा चौधरीले चार दशकसम्म आफूले गरेको अथक मेहनत र लगनशिलताबाट प्राप्त सफलताको कथा र अनुभव बाड्नु भयो।

हङकङमा नेपालीहरु साना तथा मझौला ब्यापार गर्नेहरुको सङ्ख्या हजार नाधिसकेको अवस्था उत्साहजनक रहेको बताउँदै नेपालमा राजनीतिक अस्थिरताका कारण अझै लगानी सुरक्षित नभएको बताए पनि स्थिरता आए पछि प्रशस्त सम्भावना भएको बताउनु भयो।ब्यापार ब्याबसायमा जोखिम उठाउन तयार रहनु पर्ने पनि बताउनु भयो।प्रश्नोत्तरको शिलशिलामा वहाँले टेनिस कोर्टमा रैकेट लिएर पसे पछि क्रीकेटको बल आएमा पनि फर्काउन सक्ने साधन र सामर्थ्य तयारी समेत हुनु पर्ने उदाहरण दिनु भयो।कार्यक्रमको अध्यक्षता च्याम्बर्सका अध्यक्ष दासुराम पराजुलीले गरेका थिए भने एनाआरएनका प्रबक्ता किसन राईले कार्यक्रम सन्चालन गरेका थिए।कार्यक्रमको अन्त्यमा चौधरीले आफ्नो "आत्माकथा" पुस्तक उपस्थित सबैलाई हस्ताक्षर सहित निशुल्क बितरण गरेका थियो।

स्मरण रहोस बिनोद चौधरी "चौधरी ग्रुप" का अध्यक्ष तथा फिलान्थ्रोपिस्ट समेत हुनुहुन्छ। वहाका ८० कम्पनीहरु ५ महादेशमा फैलिएका छन भने ६० ब्रान्डका उत्पादनहरु ३० देशहरुमा खपत हुन्छन । अहिले उनका कम्पनीमा ६ हजार भन्दा बढी कामदारहरु कार्यरत छन्।वहाँको कुल सम्पत्ती १.१६ बिलियन अमेरिकी डलर भएको फर्बस (Forbes) ले जनाएको छ।सन २०१४  मा वहाँ विश्वका १४६० औं धनाढ्यको सुचिमा हुनुहुन्थ्यो। अहिले वहा १५७७ औं धनीमा सुचिकृत हुनुहुन्छ।वहाँका परोपकारी संस्था "चौधरी फाउन्डेसन" ले शिक्षा, स्वास्थ, खेलकुद तथा युवा शसक्तिकरणमा सहयोग गरिरहेको छ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top