Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Overseas

सुनुवार सेवा समाज शाखा कतारको अध्यक्षमा सामुयल सुनुवार

Saturday, 09.24.2016, 12:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

      पहिचान र समानताका लागि प्रतिवद्धताका नारा बोकेर प्रवासमा स्थापित सुनुवार सेवा समाज कतारको चौथो अधिवेशन २३ सेप्टेम्वर २०१६ का दिन कतारमा सम्पन्न भयो ।

सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व, प्रवासी आदिवासी जनजाती महासंघ कतारका द्वितीय उपाध्यक्ष लिलम चिढी मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दोहामा स्थापित विभिन्न सामाजिक, जिल्ला र वैचारिक संघ/सस्थाका प्रतिनिधीहरुको विशेष आतिथ्य र आतित्थ्य रहेको थियो ।

सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिहरुको वाहुलीबाट ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात कार्यक्रमले गति लिएको थियो । कार्यक्रममा सुनुवार सेवा समाज शाखा कतारको पहिलो प्रकाशन होमाचिरि स्मारिकाको लोकार्पण, सुसेसका संस्थापक पुरुषोक्तम सुनुवारलाई सम्मान गर्यो । गत सालको भुकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने तीन किराती संस्थालाई सुसेस केन्द्रिय कार्यालय काठमाडौले प्रदान गरेको कदर-पत्र सम्वन्धित संस्थालाई हस्तारण, दोश्रो आदिवासी कप फुटबल प्रतियोगिता-२०७३ का सहयोगीहरुलाई किरात कोइँच स्पोर्टस क्लवको तर्फबाट कदर-पत्र, सुसेस शाखा कतारलाई विभिन्न समयमा योगदान दिनुहुनेहरुका लागि कदर-पत्र र सुसेस शाखा कतारका आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरेको थियो ।

किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहाकार धिरज चाम्लिङ राईको संयोजकत्वमा गठित निर्वाचन समितिले सामुयल सुनुवार अध्यक्ष, सर्वधन सुनुवार प्रथम उपाध्यक्ष, आरोही कोर्मोचा द्वितीय उपाध्यक्ष, निर बहादुर सुनुवार महासचिव, राज सुनुवार सचिव, बिष्णु बहादुर सुनुवार कोषाध्यक्ष, नरेश कुमार सुनुवार सह- कोषाध्यक्ष, सूर्य कोर्मोचा, लालमाया सुनुवार, सरस्वती सुनुवार, सिता सुनुवार, विकाश सुनुवार र सूर्यमान सुनुवारलाई सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो । सुनुवार कलाकारहरुद्वारा सुनुवार झाँकी, गीत, नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जनात्म बनाएका थिए । कतारमा विभिन्न पेशामा कार्यरत सुनुवारहरुको बाक्लो उपस्थित रहेको कार्यक्रमलाई समाजका महासचिव निर बहादुर सुनुवारले सन्चालन गरेका थिए ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top