Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Overseas

मृगौलारोगी भावनालाई हङकङबाट सहयोग प्रदान

Saturday, 08.20.2016, 11:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ भाद्र २०७३, काठमाडौ। किराँत याक्थुङ चुम्लुङ हङकङ र मादेन फेन्दुवा समाज हङकङले ताप्लेजुङ फुङलिङ ७ निवासी मृगौलारोगी भावना मादेनलाई दुई लाख पाँच सय पचास रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । आर्थिक सहयोगी संस्था हङकङ चुम्लुङले रु. एक लाख र मादेन फेन्दुवा समाज हङकङले पठाएको एक लाख पाँच सय पचास रुपैया आज ललितपुरको भैसेपाटीस्थीत भावनाको डेरामा गई हस्तान्तरण गरिएको छ । आमा र दाजु तथा गायक मोहन मादेनको साथमा वस्दै आउनुभएकी भावनालाई मादेन फेन्दुवा जनकल्याण केन्द्रका पदाधिकारी राम मादेन, देश कुमार मादेन, फक्ताङलुङ सयङका अध्यक्ष मनु नेम्वाङ, गायक धनवीर साँवा, गायिका मेनका योङया, चलचित्रकर्मी चन्द्र वाम्वुले राई, पत्रकार सुक तुम्रोकको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको छ । फक्ताङलुङ सयङले भावनाको सहयोगार्थ केही महिना अघि काठमाडौंमा वृहत साास्कृतिक कार्यक्रमको आयोजना गरेको अवसरमा आफ्नी चेली भावनालाई मादेन फेन्दुवा जनकल्याण केन्द्र काठमाडौं उपत्यका शाखाले पचास हजार रुपैया हस्तान्तरण गरेको थियो । यसैगरी मादेन फेन्दुवा समाज यु.के. ले एक लाख रुपैया प्रदान गर्ने गरी गरेको घोषणा अनुरुप उक्त रकम पनि हस्तान्तरण गरिसकिएको छ ।


सुकमाया राई

Hot News

 

SEARCH

Newsletter

Top