Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Overseas

प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा

Thursday, 05.19.2016, 11:02am (GMT+6.5)    | Comment | Print | Tell friend

एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ ।
आज उद्घाटन र भोलिदेखि बन्दसत्र सुरु हुनेछ । महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ रहेको छ ।
अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौको प्रज्ञा भवनमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ नेतृत्व र नयाँ विधानसहित अधिवेशन सकिनेछ ।
नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकांक्षी बढ्दा नेतृत्वमा रोचक भिडन्त हुँदैछ । भावी अध्यक्षमा पूर्व वरिष्ठ अध्यक्ष गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
बस्नेत र नेपाल प्यानलसहित मैदानमा छन् । कुल ८ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि आउने चौतारीले जनाएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top