Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Overseas

आज अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदै

Sunday, 05.15.2016, 09:40am (GMT+6.5)    | Comment | Print | Tell friend

आज अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदैछ । व्यक्तिको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ । 

राष्ट्र संघले दिवसको यो वर्षको नारा परिवार, स्वस्थ जीवन र दीगो भविष्य तय गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ । 

विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो । परिवार दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले दीगो विकास लक्ष्य हासिल गर्न परिवारका काम गर्न सक्ने क्षमताका सबैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । उहाँले परिवारकै पहलबाट गरिबीविरुद्ध लडेर दीगो विकास लक्ष्य हासिल गर्न ढोका खोल्न सकिने विश्वास गरिएको बताउनु भएको छ । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top