Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Overseas

आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

Thursday, 05.12.2016, 12:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी नेपाल यो दिवस मनाउने गरिएको छ ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएन को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । उहाँले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गर्नुभएको थियो ।

यस  अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको थियो ।
 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top