Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Overseas

रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुँदै

Tuesday, 05.10.2016, 09:53am (GMT+6.5)    | Comment | Print | Tell friend

वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुँदैछ । ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुराइन्छ । लिच्छविकालदेखि नै यो जात्रा निरन्तर चलिरहेको छ ।
त्यस बेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा यो जात्रा मनाईने प्रचलन रहँदै आएको हो ।
रथ तान्न शुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा २ महिना लाग्ने गर्छ । त्यसैले यो जात्रालाई नेपालमा हुने मध्ये धेरै दिन हुने लामो जात्राका रुपमा पनि लिइन्छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top