Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Overseas

मस्कुलर डिस्ट्रोफी सम्मेलन आजदेखि पोखरामा

Saturday, 04.30.2016, 09:59am (GMT+6.5)    | Comment | Print | Tell friend


मांसपेसी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफीबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हँुद्यैछ । मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनमा मांसपेसी विशेषज्ञ, समाजसेवी, अनुसन्धानकर्ता तथा अन्य पेसाकर्मीले यो रोगको व्यवस्थापनसम्बन्धी छलफल हुनेछ । वरिष्ठ स्नायुरोग विशेषज्ञ तथा फाउन्डेसनका अध्यक्ष प्रा डा जेपी अग्रवालले यो रोगको बारेमा जनचेतना जगाउन सम्मेलनमा अभिभावकलाई पनि सहभागी गराउन लागिएको बताउनुभयो । डा अग्रवालका अनुसार यो रोगको लक्षण शिशुमा दुईदेखि पाँच वर्षको अवधिमा देखिएर १२ वर्षको हँुदै गर्दा पूर्ण रुपमा हिँडडुल गर्न नसक्ने अवस्था आउँछ र रोगी २० वर्षको उमेर पुग्दै गर्दा मृत्यु नै हुन्छ । सम्मेलन भोलिसम्म चल्नेछ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top