Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Overseas

भारतीय गोर्खा भूपू सैनिक संघ र भूपू क्लबले एकै साथ मनाए आफ्नो पाचौं तथा प्रथम वार्षिक उत्सव !

Thursday, 09.24.2015, 11:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

मुककाजी (काजी) , हङकङ
१९ सेप्टेम्बर २०१५ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र भारतीय गोर्खा भूपू क्लब हङकङले एकै साथ आफ्नो पाचौं तथा प्रथम वार्षिक उत्सव जोर्डनस्थित आफ्नै क्लब हाउसमा एक औपचारिक कार्यक्रम बीच सम्पन्न गरेका छन।  

संघका उपाध्यक्ष कलजित गुरुङ्को बृद्ध पिता दल बहादुर गुरुङ्ग्को प्रमुख आतिथ्यमा अध्यक्ष जजिन चाम्लिङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने हंगकंगस्थित विभिन्न संघस*स्थाका प्रमुखहरुलाई कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। उपस्थित अतिथिहरुमा भूपू क्लबका अध्यक्ष मन प्रसाद गुरुङ, संस्थापक अध्यक्ष जंग बहादुर गुरुङ, हंगकंग नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, ब्रिटिश गोर्खा भूपूका उपाध्यक्ष खर्क राई , संघका कानूनी सल्लाहकार शहदेव राई, संघकै सल्लाहकार याम बुढाथोकी, सल्लाहकार किरण गुरुङ, चेम्बर अफ कमर्श हंगकंगका अध्यक्ष डा*सुराम पराजुली, नेपाली आदिबासी जनजाती महासंघका अध्यक्ष एम बी थापा मगर , खोटा*ग समाजका अध्यक्ष तेज प्रकाश राई, किरा*त याक्थु*ग चुम्लु*ग हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुवा, तमु प्ये ल्हु संघ हंगकंगका प्रतिनिधी सचिव भोजेन्द्र गुरुङ, तमु समाज हंगकंगका अध्यक्ष कोमल गुरुङ स्याङ्जाली कान्छा, हङकङ एकिकृत नेपाली समाज (हिन्स)का अध्यक्ष बिनय शाह, नेपाली का*ग्रेस जनसम्पर्क हंगकंगका अध्यक्ष बसन्त श्रीनेट , मिलन फ़ाउण्डेशन नेपालका स*रक्षक मिलन गुरुङ, अकलादेबी समाज स्याङ्जाका अध्यक्ष भानबिर गुरुङ, एकीकृत नेपाल कम्यूनिष्ट पार्टी हङकङ शाखाका अध्यक्ष रबिन लिङ्देन र हङकङ नेपाली अल्पसंख्यक संगठनका अध्यक्ष अशोक कुमार गहतराज सुनारलाई अतिथिको रुपमा मञ्चमा आसिन गराएका थिए भने केहि संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु कार्यक्रममा अनुपस्थित रह्यो। यसैगरी स्थानको अभावमा स*घका केहि सल्लाहकार, विशिष्ट व्यक्तित्व लगायत पत्रकार सह-कर्मीहरुलाई यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए।  

संघका उपाध्यक्ष कलजित गुरुङ्ग्को स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेका थिए। स्वागत मन्तव्यको लगत्तै हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएकोमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले उत्तरोतर प्रगतिको कामना सहित सम्मान पत्रद्वारा सम्मान गरे। यसैक्रममा गत १३ सेप्टेम्बर २०१५ का दिन तमु समाज हङकङको प्रथम नव गठित कार्यसमितिमा नव निर्वाचित संघका वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ , उपाध्यक्ष कल्जित गुरुङ र मिडिया प्रवक्ता मुक काजी (काजी) गुरुंग क्रमश: उपाध्यक्ष, सदस्य र मिडिया प्रवक्तामा निर्वाचित भएकोमा खादा लगाई सम्मान गरेका थिए। लगत्तै संघमा नयाँ सदस्यता लिने ५ जना भूपू सैनिक साहेब तथा गुरुजीहरुलाई खादा लगाई संघमा स्वागत गरिएको थियो। यसैगरी हङकङ नेपाली महासंघको नवौ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्रीमती रिता गुरुंगलाई पनि खादा लगाई सम्मान गरिएको थियो।  

कार्यक्रममा उपस्थित अतिथि महानुभावहरुले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र भारतीय भूपू क्लबको पाचौं तथा प्रथम वार्षिक उत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे। यसै प्रसंगमा वक्ताहरुले भारतीय भूपूहरुले हङकङ्मा अति नै सरहनिय कार्य गरिरहेको भन्दै खुलेरै प्रशंसा गरे भने संघले हङकङमा रहेका अधिकांश संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढीरहेको पनि बताए। मन्तब्यकै क्रममा संघको पाचौं तथा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा केक काटेर जन्म दिनको शुभकामना आदान प्रदान पनि गरेका थिए।  

मन्तब्यकै क्रममा हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार आफु भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा सम्मानित भएकोमा भूपू संघलाई धेरै धेरै धन्यवाद ब्यक्त गरे। भारतीय भूपू सैनिक संघ हंगकंगको उक्त सम्मानलाई आफुले कहिल्यै भुल्न नसकिने र अझ समाजमा केहि गर्ने जिम्मेवार र हौसला थपिएको महशुस ब्यक्त गरे भने भूपू सैनिक संघ हंगकंगलाई आफूबाट गर्न सक्ने र हुन सक्ने सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे।

स्मरण रहोस, हङकङ चीनमा पुनः एकीकरण भएको १८ औँ वर्षगाँठको अवसर पारेर जुलाई १ मा सरकारले अशोक कुमार गहतराज सुनार सहित विभिन्न क्षेत्रमा योगदान गरेका दुई सय ९८ जनालाई उक्त सम्मान र अवार्ड दिइने जनाएको छ। चीनको 'नेशनल डे' अक्टोबर १ मा हङकङका कार्यकारी प्रमुखले सम्मान र अवार्ड प्रदान गर्नेछन्। हङकङको सामुदायिक सेवामा सक्रिय व्यक्तिहरूलाई दिइने 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' सम्मान यसवर्ष हङकङमा ६६ जनाले पाएका छन्। सरकारबाट प्रायः हरेक वर्ष एक जना नेपाली सम्मानित हुँदै आएको छ । यसअघि सात जना नेपालीले यो सम्मान पाइसकेका छन् भने दुई जनाले 'मेडल अफ अनर' पाएका छन्।  

मन्तब्यकै क्रममा संघका अध्यक्ष चाम्लिङ्ले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको पाचौं तथा भारतीय गोर्खा भूपू क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको निमन्त्रणालाई सहर्स स्वीकार गरेर उपस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, कानून ब्यवसायहरु, पत्रकार मित्रहरु लगायत संघका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सम्पूर्ण भूपू संघका सदस्यहरु सबैलाई बिशेष धन्यवाद ब्यक्त गरे। यसैगरी हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै भारतीय गोर्खा भूपू संघले सम्मान गर्न पाउंदा खुशी ब्यक्त गरे । यसैगरी हङकङ सरकार प्रमुख सी वाई ल्योङबाट श्रीमती अरुणा गुरुङ् हङकङ महिला आयोगको सदस्य पदमा नियुक्ती भएकोमा हार्दिक बधाई ब्यक्त गरे ।  

स्मरण रहोस, हङकङ सरकारले नेपाली नागरिकलाई यति माथिल्लो तहमा नियुक्ती गरेको पहिलो नै हो । श्रीमती अरुणा गुरुङ जनसम्पर्क समिती हङकङका भूपू अध्यक्ष र वर्तमान सल्लाहकार कुल प्रसाद गुरुङ्को धर्मपत्नी हुन तर बिशेष कारणले श्रीमती अरुणा गुरुङ कार्यक्रममा अनुपस्थित रहे । मन्तब्यकै क्रममा हङकङ नेपाली महासंघको नवौ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्रीमती रिता गुरुंगलाई पनि पुन: हार्दिक बधाई ज्ञापन गर्दै भारतीय गोर्खा भूपू संघले सम्मान गर्न पाउंदा खुशी ब्यक्त गरे र भारतीय गोर्खा भूपू सैनिक संघ हंगकंगले हंगकंगमा रहेका सबै संघसंस्थाहरुस*ग सहकार्य गर्दै अगाडी बढ्ने बताए।  

अन्तमा, जनसम्पर्क समिति हंगकंगका भूपू अध्यक्ष सन्तोष घलेलाई संघको पाचौ* तथा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङलाई हार्दिक बधाईको साथमा फूलको गुच्छा उपहार पठाईएकोमा भूपू अध्यक्ष सन्तोष घलेलाई बिशेष धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे।  

प्रस्तोता:
मुक काजी (काजी) गुरुङ्
मिडिया प्रवक्ता 
भारतीय गोर्खा भूपू सैनिक संघ 
हङकङ


मुक काजी (काजी) गुरुङ्

Hot News

 

SEARCH

Newsletter

Top