Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Overseas

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको अधिवेशन सम्पन्न

Wednesday, 05.27.2015, 10:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम
२४ मे २०१५ हङकङ । भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको तेस्रो अधिवेशन काउलूनको जोर्डन स्थित आफ्नै भारतीय भूपू क्लबमा सफल्तापूर्बक सम्पन्न गरेको छ । संघका अध्यक्ष जजिन चाम्लिङको सभापतित्वमा सम्पन्न खुल्लासत्रको औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार जंग बहादुर गुरुङ, बिषेश अतितिहरू- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, एनआरएन हङकङका अध्यक्ष दुर्गा बहादुर गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा र अतिथिहरूमा- हङकङका डेढ दर्जन भन्दा बढी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू रहनु भएको थियो । 

कार्यक्रमको पहिलो चरणमा उद्घाटन पश्चात शुभकामना मन्तव्यको क्रम रहेको थियो । अतिथि, बिषेश अतिथि र प्रमुख अतिथिहरूले मन्तब्यमा भारतीय गोर्खा भूपू सैनिक संघले हङकङमा गरेको असल कार्यको खुलेर प्रशंसा गर्नुको साथै अब बन्ने नयाँ कार्य समितिले अगामी दिनहरूमा अझ राम्रो कार्य गर्दै जावस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका सचिव दुर्योधन लिम्बूले संचालन गर्नु भएको औपचारक कार्यक्रमलाई बिधि पूर्बक समापन तथा कार्य समिति भंग भएको घोषणा गर्न सभापतिलाई आग्रह गर्दै माईक हस्थान्तरण गरे पछि सभापति जजिन चाम्लिङले सबै अतिथि आगन्तुकहरूलाई सम्बोधन गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यमा भारतीय गोर्खा भूपू संघ हङकङले गर्दै आएको महत्वपूर्ण कार्यको बारेमा प्रकाश पार्दै यसमा साथ सहयोग दिने सबैलाई धन्यवाद दिनु भएको थियो । मनव्यकै क्रममा हङकङ नेपाली महासंघले महासंघको १६औं बार्षिक कार्यक्रममा भारतीय गोर्खा भूपू सैनिक संघलाई विषेश अतिथिमा निमन्त्रणा गरेको र कार्यक्रममा उक्त स्थान नदिएको भन्दै आफू र आफ्नो संघलाई नै अपमान गरेको भन्दै आक्रोश पोख्नु भएको थियो । महासंघ अध्यक्ष प्रदिप थापाले पोशाकमा आउन भनि मौखिक अनुरोध गरेपछि भारतीय भूपू सैनिक संघका अध्यक्ष चाम्लिङ पोशाक सहितको टुकडी लिएर कार्यक्रम स्थल पुग्नु भएको थियो- उहाँको कथन थियो । अध्यक्ष चाम्लिङले नेपाली महासंले अगामी दिनहरूमा भूलेर पनि कसैलाई यस्तो ब्यवहार नगरोस भन्दै आफूमाथि गरेको गलत ब्यबहार प्रति क्षमा याचना गर्नु पर्छ भन्नु भयो । तर महासंघ अध्यक्षले यस बिषयमा कुनै प्रतिक्रिया जनाउनु भएन ।

मन्तब्यको अन्त्यमा सभापति चाम्लिङले उपस्थित सबैलाई धन्यवाद दिंदै खुल्लासत्र समापन गर्दै कार्य समिति भङ्ग भएको घोषणा गर्नु भयो ।

चियापान पछि बन्दसत्र शुरू भएको थियो । उक्त बन्दसत्रबाट जजिन चाम्लिङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध निर्वाचित हुनु भएको छ । जस अनुसार- बरिष्ठ उपाध्यक्षमा मन प्रसाद गुरुङ, उपाध्यक्षमा कालजित गुरुङ, सचिवमा दुर्योधन लिम्बू, सह सचिवमा चन्द्र बहादुर पुन, कोषाध्यक्षमा कृष्ण प्रसाद गुरुङ, सहकोषाध्यक्षमा कृष्ण बहादुर लिम्बू, मिडिया प्रवक्तामा मुककाजी गुरुङ, क्यू एम- चित्र बहादुर चित्र बहादुर थापा, सह क्यू एम- केशब बहादुर सुब्बा, टिकेटिङ क्यू एम- भिम राज थापा, आर पि मेजर- दिल बहादुर पूर्जा र रदस्यहरूमा- सिब बहादुर राई, खम्बसिं गुरूङ, जुद्धबिर थापा मगर, जनराज आले, पूर्ण बहादुर थापा, भक्त बहादुर गुरुङ, टिकाराम लिम्बू, धन बहादुर पुन र अर्जुन सरू रहनु भएको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top