हङ्कङ नेप्लिज टेनिस सोसाईटी द्वारा भुकम्प पिडितहरुलाई राहत बितरण

Saturday, 05.16.2015, 09:34pm (GMT6.5)

मगेन किरात "भोजपुरे"
3F वा Fitness, Fun & Friendship को अवधारणामा हङ्कङमा नेपालीहरु बिच टेनिस खेलकुदको बिकाश गर्ने उद्देश्यले आधिकारिक रुपमा सन 2010 मा स्थापित यो खेलकुद संस्थाले खेलका साथसाथै मानबिय कार्यमा समेत सहभागी गराउदै आईरहेको छ । यहि सन्दर्भमा हालै नेपालमा आएको आमबिनासकारी महाभुकम्प परि सर्बस्व गुमाउनेहरुको  पिडामा साथ दिन टेनिस सोसाइटी अग्रसर भएको छ । सोसाईटीले भुकम्पपिडितहरुको निम्ति राहत सङ्कलन अभियानलाई साथ दिनु हुने ब्यक्तिहरुबाट सङ्कलित रकमबाट "पहिलो चरण राहत बितरण" अन्तर्गत अत्यावश्यक  सामग्रीहरु टेनिस सोसाईटीका प्रतिनिधि राम(होम) नेपाल तथा नेपालबाट सुमन न्यौपाने र निरन्जन नेपालको ब्याबस्थापनमा अत्यावश्यक सामग्रीहरु  खरिद गरि सबैभन्दा क्षतिग्रस्त बनेको सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट, ढुङेछापका दलित बर्गहरुलाई विशेष प्राथामिकता दिदै 200 भन्दा बढी घरपरिवारलाई प्रती घर 5 थान थाल, 5 थान गिलास, 1 थान ओढ्ने कम्बल र लत्ता कपडाहरु बितरण गरियो।अति ब्याबस्थित तथा सभ्य तरिकाले बितरण गरिएको उक्त कार्यक्रममा उपस्थित सबै पिडितहरुले खुशी ब्यक्त गरेको ब्याबस्थापक प्रतिनिधि राम नेपालले बताउनु भएको छ।तर त्यस्तो बन्दोबस्त मिलाउन ब्याबस्थपकहरुले निकै दौड्धुप गर्नु परेको प्रतिनिधि राम ले बताउनु भयो ।

दोश्रो चरणको राहत बितरण अन्तर्गत केही Wheel Chair हरु सहित आवश्यकता हेरि अत्यावश्क सामग्री बढी प्रभावित क्षेत्रमा बितरण चाडै गरिने साथै सकेसम्म निरन्तर सहयोग जुटाईरहने  सोसाईटी अध्यक्ष मगेन्द्र राईले बताउनु भएको छ ।

स्मरण रहोस सोसाईटीले यो भन्दा अगाडि नेपाल बाट आएकी अल्ट्रारेसका धाविका मीरा राई लाई सम्मान सहित केही नगद सहयोग, नेपालबाट आएका जुनियर टेनिस खेलाडी अभिषेक बास्तोला लाई  सम्मान तथा ताप्लेजुङ अग्नि पिडितलाई च्यारिटि टेनिस खेलाई केहिछिन मै झन्डै सवा दुईलाख नगद संकलन गरि सहयोग उपलब्ध गराई सकेको छ ।



Bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.