Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > Overseas

नेपाल फाईनान्स लिमिटेडको तेस्रो वार्षिक साधरण सभा सम्पन्न

Thursday, 04.23.2015, 09:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

१९ अप्रील २०१५ हङकङ । नेपाल फाईनान्स लिमिटेड हङकङको तेश्रो वार्षिक साधरण सभा जोर्डन स्थित हलि रेस्टुरेन्टमा सम्पन्न भएको छ । २ चरणमा बिभाजित उक्त कार्यक्रमको पहिलो चरणमा वोर्ड अफ डाईरेक्टर र शेयर धनीहरू बिच संयुक्त छलफल तथा अन्तक्रियात्मक कार्यक्रम भएको थियो । जसमा फाईनान्सको वर्षभरीको विषेश बिवरणहरू शेयर धनि बिच पेश गरिएको थियो ।

त्यस्तै गरि दोस्रो चरणको कार्यक्रममा शेयर धनि लगायत अन्य अतिथिहरूको साथमा औपचारिक कार्यक्रम राखिएको थियो । सो औपचारिक कार्यक्रमको सभापतित्व नेपल फाईनान्सका अध्यक्ष धिरज कुमार साम्पाङ राईले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमल पौडेलले आतिथ्य ग्रहण गर्नु भएको थियो । त्यसै गरि फाईनान्सका महा प्रबन्धक शशि मदन राई, बोर्ड अफ डाईरेक्टरहरू हरिचन्द्र साम्पाङ राई, मोहन राज राई, दुर्गकान्त राई, मैत्र कुमार राई, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, बगैंचा डटकमका प्र. सम्पादक नरेश सुनुवार र बगैंचा डटकमका प्रतिनिधि सुवाश राई लगायतले अतिथको आसन ग्रहण गर्नु भएको थियो । 

फाईनान्सका उपाध्यक्ष तथा बोर्ड अफ डाईरेक्टर हरिचन्द्र साम्पाङको विषेश स्वागत मन्तव्य पछि प्रमुख अतिथि लगायत मन्चमा आसिन अतिथिहरूद्वारा सामूहिक रूपमा स्याम्पेन टोस्ट गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । उत्घाटन पश्चात नरेश सुनुवार, सुवाश राई र प्रमुख अतिथि कमल पौडेलले शुभकामना मन्तब्य दिनु भएको थियो । वक्ताहरूले शुभ कामना मन्तब्यमा नेपाल फाईनान्सले हङकङ प्रवासमा रहेर जो कार्य गरेको छ यसले हङकङेली नेपालीहरूको लागि उदाहरणीय र गर्व गर्ने कार्य गरेको छ भन्दै मुक्त कण्ठले प्रशंशा गर्दै अगामी दिनहरू अझ प्रगति गर्दै जावोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

मन्तब्यको क्रममा नेपाल फाईनान्सका महा प्रबन्धक शशि मदन राईले फाईनान्सको  हालसम्म भईरहेको प्रगति र भावि लक्ष्य र नितिको बारेमा बोल्नु हुँदै नेपाल फाईनान्सको प्रगति बिवरण पढेर सुनाउनु भएको थियो । जसमा हाल फाईनान्सको अधिकृत पुंजी हङकङ डलर १ करोड रहेको छ भने चुक्ता पुंजी ४१ लाख २० हजार रहेको छ र हालैको साधारण सभाले यस वर्ष २० लाख ६० हजार बराबरको शेयर जारी गर्ने निर्णय गरेको छ ।

नेपाल फाईनान्स लिमिटेडले सनयुनलङ सेन्टरमा ३४ लाख ३ हजारको एक फ्ल्याट खरिद गरेको छ । जसको भ्यालुएसन हाल ४.४ मिलियन पुगेको छ भने अर्को फ्ल्याट द रिचमा ४१ लाख ४७ हजारमा खरिद गरेको छ जसको भ्यालुएसन ५.५ मिलिएन पुगेको छ । हाल सनयुनलङ सेन्टरबाट मासिक भाडा ११ हजार ३ सय र द रिचबाट ८ हजार ५ सय भाडा नियमित रूपमा प्राप्त भईरहेको छ ।  

त्यसै गरि नेपाल फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०१४/१५ मा ५८ लाख १६ हजार ४ सय ६९ ऋण प्रवाह गरेको छ भने आर्थिक वर्ष २०१५/१६ सम्ममा ७८ लाख ७६ हजार ४ सय ६९ ऋण प्रवाह गर्ने लक्ष्य लिएको छ ।

त्यसै गरि नेपाल फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०१४/१५ मा २ लाख ८८ हजार १ सय ४९ लाभंस बितरण गरेको छ भने २०१५/१६ मा २ लाख ९७ हजार ८ सय ७० लाभंस बाड्ने लक्ष्य लिएको छ ।

त्यसै गरि नेपाल फाईनान्स लिमेटेडले बिना पैसा घर लैजा कार्यक्रम ल्याउने तयारीमा छ । यस कार्यक्रम अन्तर्गत कसैलाई घर मन पर्यो, तत्कालै पैसा छैन तर पछि पैसा आउनेवाला छ भने यस अवस्थामा ७० प्रतिशत बैंकबाट, २० प्रतिशत अन्य फाईनान्नबाट र १० प्रतिशत नेपाल फाईनान्सबाट मोर्गेज दिलाएर घर किन्ने ब्यवस्था गरिदिने छ ।

त्यसै गरि नेपाल फाईनान्स लिमेटेड विशुद्ध ब्यपारिक संस्था हो र यसको उद्देश्य मुनाफा कमाउनु हो । तर मुनाफा शेयर धनिहरूलाई मात्र नबाँडि सामाजिक सेवामा खर्च गर्ने उद्देश्यले मुनाफाको २ प्रतिशत सामाजिक हित र सेवामा खर्च गर्ने उद्देश्यले सोसियल फण्ड राख्ने गरेको छ ।

त्यसै गरि नेपाल फाईनान्स लिमेटेडले सामाजिक संघ संस्थाहरूलाई पनि सहयोग दिने गरेको छ । जसमा किरात राई यायोक्खा हङकङले आयोजना गरेको यलाम्बर साँझलाई र हालै बगैंचा डटकमले आयोजना गरेको ‘बगैंचा नाईट हङकङ २०१५ लाई टाईटल स्पोन्सर गरेर मूल प्रायोजक बनेर आर्थिक सहयोग गरेको छ भन्नु हुँदै मन्तव्यलाई बिट मार्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभालाई सभापतित्व गरिरहनु भएका नेपाल फाईनान्स लिमेटेडका अध्यक्ष धिरज कुमार राईले उपस्थित सबैलाई सम्बोधन गर्नुहुँदै आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्यको क्रममा- नेपाल फाईनान्स लिमेटेडले हङकङमा रहेर उद्यम, ब्यपार, ब्यवसय गर्न चहानेहरूलाई लगानि गरिदिने योजना रहेको हुँदा त्यस्तो योजना हुनेहरूलाई सहयोग गर्न नेपाल फाईनान्स तयार रहेको खुलासा गर्नु भयो र सबैलाई धन्यवाद दिदैं औपचारिक कार्यक्रमलाई समापन गर्नु भयो ।  

बोर्ड अफ डाईरेक्टर तथा कार्य समितिका सचिव मगेन्द्र राईले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा शेयर धनिहरूलाई प्रमाणपत्र र लाभंस बितरण गरिएको थियो । हाल नेपाल फाईनान्स लिमिटेडमा ४० जना शेयर धनिहरू रहेका छन् ।

कार्यक्रमको अन्त्यमा रात्रि भोजको ब्यबस्था थियो ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top