पर्यटनवर्षको लागि र्र्याली तर बोर्डले २०११ को सुरुवात नगर्ने

Friday, 12.31.2010, 12:44am (GMT6.5)

काठमाडौँ १६
नयाँ वर्ष २०११ सँगै सुरु हुन लागेको पर्यटन वर्ष २०११ लाई सफल बनाउनका लागि प्रचारप्रसार तथा स्वागत गर्न विहिबार काठमाडौँमा मोटरसाइकल र्यालिको आयोजना गरिएको थियो । काठमाडौँको विभिन्न स्थानबाट सुरुभएको र्र्याली भक्तपुरको नगरकोटमा पुगि समापन भएको थियो । पर्यटनबोर्डको संयोजनमा विभिन्न संघसंस्थाहरुको संलगनता रहेको र्र्यालीमा विभिन्न राजनैतिक दलका नेताहरुले सम्बोधन गरेका थिए ।

काठमाडौँको नागढुङ्गाबाट सुरुवात गरिएको र्यालिको सुभरम्भ एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख सुवासचेन्द्र नेम्वाङ्ग, उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी लगायतले गनुभएको थियो । र्याली सुभारम्भ गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पर्यटनवर्षको सफताको कामना गर्नु भयो, र्यालीले नयाँ सम्झदारी कायम गर्न सहयोग पुग्ने भन्दै उहाँले पर्यटन वर्ष घोषणाले नेपाली जनतामा नयाँ आशा पलाएको कुरा उल्लेख गर्नुभयो।अध्यक्ष दाहालले मुलकको आर्थिक समवृद्घि लागि पर्यटन नै दीर्घकालीन श्रोत भएको बताउनु भयो।यस्तै सभामुख सुवासचन्द्र नेम्वाङ्गले पर्यटन वर्ष सफत बनाउन सबैसँग आग्रह गर्नुभयो उहाँले जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्तरिक बैमनुष्यता त्यागि एकजुट हुन समेत राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । र्यालीलाई कलंकीमा काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंह तथा नयाँबानेश्वरबाट एमालेका अध्यक्ष  झलनाथ खनालले सम्बोधन गर्नु भएको थियो ।र्यालीलाई सम्बोधन गर्दै खनालले नेपाललाई पर्यटकको गन्तब्य स्थल बनाउन नयाँ संकलप लिएर अगाडि बढ्नु पर्ने कुरामा जोडदिनु भएको थियो । उहाँले पर्यटन वर्षलाई साकार बनाउन सबै एकजुट भएर अगाडि बढ्नु पर्ने तथा नेपालको भविष्य पर्यटनमा निर्भर रहेको उल्लेख गर्दै खनालले अन्य क्षेत्रको विकासमा समेत लग्नुपर्ने आवश्यकता अैल्याउनु भएको थियो ।

र्यालीलाई कोटेश्वरमा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब, भक्तपुरमा नेपाल मज्दुर किसान पार्टी अध्यक्ष नाराणयमान विजुक्ष तथा नगरकोटमा पर्यटन मन्त्री सरदसिंह भन्डारीले सम्बोधन गर्नुभएको थियो ।र्यालीमा नागरिक समाजका अगुवाका साथै विभिन्न पेषाकर्मीहरु सहभागि थिए । सन् २०११ लाई पर्यटन वर्षघोषणा गरेको सरकारले यस अवधिमा १०लाख भन्दा बढि पर्यटक भित्राउने लक्ष लिएको छ । यता पर्यटनबोर्डले भने नयाँ वर्षको पहिलो दिन छोडेर जनवरी १४ लाई पर्यटन वर्ष२०११ औपचारीक सुरुवातको दिन छानेको छ ।जनवरी १२ देखि १३ सम्म काठमाडैँमा सार्क पर्यटनमन्त्रीस्तरीय बैठक हुने कार्यक्रम तय भएको जानकारी पर्यटनबोर्डले दिएकोछ तर औपचारिक सुरुवात १४ बाट हुने भए पनि जनवरी १ बाटै पर्यटन वर्षसुरु भएको मानिने बोर्ड एक सम्बद्घ अधिकारी बताउछन् । पर्यटन वर्ष २०११अभियानको औपचारिक उद्घाटनमा राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव तालेब रिफाइ पुस १२ मा काठमाडौँ आउने निश्चित भएको बोर्डले जनाएको छ । यसैगरी एसियाका २२ देशका पर्यटनसम्बद्घ उच्च अधिकारी पनि आउने भएका छन् ।  

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.