Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Overseas

पर्यटन वर्ष २०११ मा पर्यटकलाई पाटीमा बास

Thursday, 12.23.2010, 04:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

        नेपाल सरकारले आधिकारीक रुपमा घोषणा गरेको पर्यटन वर्ष२०११ सुरु हुन एक हप्ता बाँकी रहेको बेला काठमाडौँ महानगरपालिकाले भने प्रयोगमा आउन नसकेर जीर्ण बन्दै गएका धार्मिक स्थल वरपरका पाटी र सत्तलमा पर्यटक राख्ने तयारी गरेको छ । काठमाडौँका धार्मिक स्थल आसपासमा रहेका पाटीहरुलाई जीर्णोद्घार गरि विदेशी पर्यटक बस्ने अतिथि गृह बनाइने  भएको छ ।

       विश्वसूचीमा परेका स्थलनजिकका पुराना भवनलाई मर्मत गरी पर्यटक राख्दा त्यस्ता स्थल र त्यहाँको मौलिकताले अन्तराष्ट्रिय स्तरमा महत्वसमेत पाउँने भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँका हनुमानढोका दरबार क्षेत्र, स्वयम्बु, बौद्घ, पशुपतिनाथ, आसपासका पाटीमा पर्यटक राख्ने तयारी गरिएको कुरा महानगरपालिकाका प्रमुख इन्द्रमानसिंह बताउछन् । हनुमानढोका, असन, महाबैद्घ, ठमेललगायत विभिन्न धार्मिकस्थल आसपास परम्परागत शैलीमा बनाइएका पाटि पौवा र भवनमा खानेबस्ने सुविधासमेत उपलब्ध गराएर पर्यटक राखिने छ । यस बाहेक इन्द्रजात्रा, सेतो मच्छिन्द्र, रातो मच्छिन्द्र, कुमारीलगायत महत्वपूर्ण जात्राबारे पर्यटकले जानकारी लिनसक्ने छन् । महानगरका भित्री भागमा सवारीसाधन निषेध गरी पर्यटक मार्ग निर्धारण गरिने भएको छ । यस क्षेत्रमा हस्तकला, धार्मिक र नेपालको पहिचान हुने खालका सामग्रीहरुको व्यापार गर्न भने दिइने कुरा महानगरपालिकाले बताएको छ । महानगरले एक सातापछि नै यस्ता भवनको मर्मतसम्भार कार्य गरेर बस्न सकिने बनाउने  भएको छ । यस्ता भवनमा नअटाउने पर्यटक असन इन्द्रचोक लगाएत परम्परागत शैलीमा बनेका घरको परिवारमै गएर सँगै मिलेर बस्नसमेत सक्नेछन् । खानेबस्ने व्यवस्थाको जिम्मा भने स्थानीयलाई नै दिने तयारी महानगरपालिकाले गरेको छ । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top