Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • बाढी पीडितहरुलाई ईटहरी मञ्च हङकङद्धारा ४ लाख सहयोग

    Monday, 09.04.2017, 11:43pm

    ईटहरी मञ्च हङकङद्धारा बाढी पीडितहरुका लागि शेड्स ग्रुप ईटहरी संस्था मार्फत तत्काल ४ लाख रुपैंयाँ सहयोग प्रदान...

  • ८८ किलो सुन सहित १ जनालाई पक्राउ

    Monday, 09.04.2017, 12:43pm

    अबैध रुपमा भारत लैजान लागिएको ठुलो परिमाणको सुन काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ किलो सुन सहित १ जनालाई पक्राउ गरेको हो । नेपालको इतिहासमा एकैपटक यती ठुलो परिमाणमा सुन बरामद भएको पहिलो हो । ..........

  • ललितकला पत्रकारिता पुरस्कार प्रदान

    Sunday, 09.03.2017, 11:02pm

    काठमाडौा, भदौ १८ गते । नेपाल ललितकला मञ्चद्वारा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा स्थापना गरेको ललितकला पत्रकारिता पुरस्कार गोरखापत्रका दीपक श्रेष्ठ (विहीन) लाई प्रदान गरिएको छ । शनिबार राजधानीमा मञ्चद्वारा आयोजित कार्यक्रममा बरिष्ठ कलाकार जीवनाथ पोख्रेल 'पन्छी' लाई ललितकला साधना सम्मान र कलाकार सुमित्रा राना सुतपराईलाई ललितकला युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।..........

  • तोप पड्काएर उठाइयो इन्द्रजात्राको लिङ्गो

    Sunday, 09.03.2017, 12:33pm

    काठमाडौको हनुमानढाकामा तोप पड्काएर इन्द्रजात्राको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको छ । उपत्यकामा मनाइने इन्द्रजात्रा एक विशेष जात्रा हो । जात्रा आरम्भको क्रममा हनुमानढोकाको कालभैरव मन्दिरअगाडि लिङ्गो उठाइ इन्द्रध्वजा फहराइए भने भक्तपुरमा पनि पोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । परापूर्वकालमा भगवान् इन्द्र र दैत्यहरूबीच घमासान युद्ध हुँदा इन्द्रले ती दैत्यहरूमाथि विजय हासिल गरेको खुसियालीमा लिंगो ठडयाउने गरिएको किम्वदन्ती छ । ..........

  • ओखलढुंगामा ४५ करोडको सडक निर्माण शुरु

    Sunday, 09.03.2017, 12:19pm

    ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका जयरामघाट देखि चिशंखुगढी गाउँपालिकासम्म २९ किलो मिटरको सडक निर्माण कार्य आज औपचारिक शुभारम्भ गरिएको छ । यस सडकको निर्माण लागत ४५ करोड रहेको छ ।..........

  • युकेका लागि मनु र ताराको ६ महिने साँगितिक यात्रा

    Friday, 09.01.2017, 06:07pm

    १६ भदौ, काठमाडौं । किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा मनु नेम्बाङ र तारा थेवे युकेको लागि ६ महिने साँगितिक यात्रामा भदौ २१ गते निस्कने भएका छन् । वेलायतको आसफोर्डबाट भदौ २५ गते (सेप्टेम्वर १० तारिख) सांगितिक यात्राको उदघाटन भई १६ वटा ठाउँहरूमा सांस्कृतिक कार्यक्रम हुने आयोजकहरूले बताएका छन् ।..........

  • निर्वाचनका लागि दलहरूको उम्मेदवार छनौट अन्तिम चरणमा

    Friday, 09.01.2017, 12:56pm

    आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मुख्य दलहरूले आफ्नो उम्मेदवार छनौट अन्तिम चरणमा पुगेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले अधिकांश गाउँपालिका र केहि नगरपालिकाका उम्मेदवार टुंगो लगाइसकेको बताएको छ । ..........

  • नेपालमा बाढी–पहिरो प्रभावितलाई सहयोग गर्न हङकङमा च्यारिटी टेनिस

    Thursday, 08.31.2017, 10:24pm

    "अहिले हङकङमा बाढी पहिरोको नाममा विभिन्न सस्था, ब्यक्तीहरुले प्रतिस्पर्धाकै छनक दिने किसिमले सहयोग उठाईरहेको छ।एकै ब्यक्तिले धेरै तिर दिदा दाताहरु आफै पिडित भैरहेको सुन्नमा आएको छ, त्यसमाथी अनिमियतताको पनि उत्तिकै शङ्का गरिएको छ, दाताहरुलाई कसरी आश्वास्त तुल्याउनु हुन्छ?" भनी सोधिएको प्रश्नको उत्तरमा राईले भने "नेपाल र नेपालीहरु सङ्कटमा परेको बेला एक जुट हुनु आवश्यकता मात्र हैन मानविय धर्म पनि हो। धेरै सस्था र ब्यक्तिहरुले सहयोग उठाउनु नराम्रो कुरो हैन तर अभियानकर्ताहरुको नियत र कार्य पारदर्शीता हुन जरुरी छ। बिगत भुकम्पमा उठाईएको रकम पारदर्शी नभएको गुनासो आएको छ

  • राप्रपा प्रजातान्त्रिकले सरकारमा सहभागी हुने, मन्त्रीहरू टुंगोलाग्यो

    Thursday, 08.31.2017, 01:33pm

    राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तागठबन्धनलाई समर्थन गरेको राप्रपा प्रजातान्त्रिक ४ मन्त्री र तत्कालका लागि २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो । राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी भएपछि बर्तमान देउवा नेतृत्वको सरकार नेपालको राजनीतिक इतिहासमै सवैभन्दा ठूलो मन्त्रीमण्डल बन्नेछ ।..........

  • सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा

    Wednesday, 08.30.2017, 01:34pm

    सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आज हदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र प्रतिनिधि सभाको निर्वाचन मंसिर २१ गते गर्ने निर्णय गरेको हो । ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}