Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
  • थाइल्यान्डको संसद् भंग गर्नुपर्ने सैंन्य प्रमुखको भनाइ

    Tuesday, 04.13.2010, 12:52am

    काठमाडौं । थाइल्यान्डका सैन्य प्रमुख अनुपोङ पाओजिन्डाले वर्तमान संसद् भंग गर्नुपर्ने बताएका छन् । सुरक्षाकर्मी र सरकारविरोधी प्रदर्शनकारीबीच भएको झडपको दुई दिनपछि सैन्य प्रमुख पाओजिन्डाको यस्तो अभिव्यक्ति आएको हो । २१ जनाको मृत्यु हुनेगरी भएको झडपबारे अनुसन्धान गर्ने उनको भनाइ छ......

  • सरकार असफल भएको माओवादीको ठहर, काठमाडौंमा जनप्रदर्शन गर्ने

    Tuesday, 04.13.2010, 12:51am

    काठमाडौं । एकीकृत नेकपा माओवादीले संविधान लेखन र शान्ति स्थापनामा सरकार असफल भएको ठहर गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो । बैठकले सरकार असफल भएको भन्दै शान्ति प्रक्रिया र संविधान लेखनलाई समयमै टुंगो लगाउन आफ्नै दलको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । बैठकपछि प्रवक्ता दीनानाथ वैशाख ९ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए......

  • संखुवासभा समाजले हङकङमा नयाँ वर्ष मनायो

    Monday, 04.12.2010, 12:28am

    हङकङका विद्यमान नेपाली संघ संस्थाहरूमा आफूलाई दोस्रो जेठो संस्थाको रुपमा दावी गर्ने संखुवासभा समाज हङकङले नयाँ वर्ष २०६७, ११ तारीख अप्रीलका दिन मंकिहीलमा सम्पन्न गर्यो । नव वर्ष २०६७ सालको अवसरमा "शुभकामना आदन प्रदान तथा समाजको मुख-पत्र "हाम्रो संखुवासभा" तेश्रो अंक सार्वजनिक गर्यो । समाजका सम्पूर्ण सल्लाहकारहरूद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको उक्त मुखपत्रको बारेमा......

  • वर्तमान सरकार इतिहासमै कलंकित भएको प्रचण्डको आरोप

    Monday, 04.12.2010, 12:27am

    ११ अप्रील, २०१० काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार इतिहासकै कलंकित भएको बताएका छन् । मकवानपुरको हेटौंडामा आइतबार भएको वनयात्रासम्बन्धी कार्यक्रममा अध्यक्ष दाहालले सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाउने निर्णय गरेर आफूलाई इतिहासमै कलंकित बनाएको टिप्पणी गरे......

  • बान्तवाभाषामा पाँचौं कविता प्रतियोगिता इलाममा सम्पन्न

    Monday, 04.12.2010, 12:25am

    ११ अप्रील, २०१० काठमाडौं । बान्तावाभाषामा प्रकाशित हुँदै आएको बुङ्वाखा मासिकले गरेको पाँचौं राष्ट्रिय कविता प्रतियोगिता इलाममा सम्पन्न भएको छ । शनिबार भएको प्रतियोगितामा इलामको जिर्मलेका असिम बान्तवा राई पहिलो, इलामको चमैताका नारायण थुलुङ राई दोस्रो र इलामकै सुम्बेकका दिलु राई तेस्रो भएका छन्......

  • आदिवासी जनजाति पत्रकार संघमा नयाँ नेतृत्व, अध्यक्षमा मोहनसिंह लामा

    Sunday, 04.11.2010, 12:44am

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार संघको चौथो राष्ट्रिय महाधिवेशनले मोहनसिंह लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनले चौधबुँदे प्रस्तावसमेत पारित गरेको छ । कार्यसमितिका पाँच उपाध्यक्षमा दिपीन राई, डम्बरकृष्ण श्रेष्ठ, तिलक पुन, एकराज चौधरी, गणेश चौधरी चयन भएका छन् । त्यस्तैगरी महासचिवमा डण्ड गुरुङ, दुई सचिवमा भैरव आङ्ला र सुष्मा माझी, कोषाध्यक्षमा टीकाराम प्रधान छन्......

  • एमाले संसदीय दलको शनिबारको बैठकमा चर्काचर्की, प्रधानमन्त्रीलाई राजिनामा दिन दबाब

    Sunday, 04.11.2010, 12:42am

    अप्रील १०, २०१० काठमाडौं । नेकपा एमालेका संस्थापन पक्षका सभासद्हरूले तत्काल राजिनामा दिएर राष्ट्रिय सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री माधव नेपाललाई दबाब दिएका छन् । एमाले संसदीय दलको बैठकमा शनिबार अधिकांश सभासद्ले वर्तमान सरकारको कार्यकाल असफल भएको भन्दै प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । त्यसक्रममा सरकार पक्ष र पार्टीको संस्थापन पक्षका सभासद्बीच आरोप-प्रत्यारोपसमेत भएको थियो......

  • नेपाल एसीसी ट्रफी एलाइट कप क्रिकेटको उपविजेतामा सीमित, उपाधि अफगानिस्तानलाई

    Saturday, 04.10.2010, 12:16am

    ९ अप्रील, २०१०, काठमाडौं । नेपाल एसीसी ट्रफी एलाइट कप क्रिकेट प्रतियोगिताको उपविजेतामा सीमित भएको छ । कुवेतको युनिटी खेल मैदानमा शुक्रबार भएको फाइनलमा अफगानिस्तानले ९५ रनले पराजित गरेपछि नेपाल उपाधि कब्जा गर्न असफल भएको हो । उपाधिका लागि शुक्रबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो......

  • लिम्बुवानको पाख्रीवास, धनकुटा र खाँदवारी, सङ्खुवासभामा विशाल लिम्बुवानी आमसभा हुँदै

    Saturday, 04.10.2010, 12:14am

    धनकुटा, लिम्बुवान, चैत्र २४, २०६६, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाहरू सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार तथा आई. एल. . महासन्धि १६९ र यूएन्ड्रिप अनुसारको विशिष्ट स्वायत्ततासहितको स्वायत्त राज्य घोषणा गराउन २०६६ चैत्र २५ गते धनकुटाको पाख्रीवास र २७ गते सङ्खुवासभाको खाँदवारीमा विशाल लिम्बुवान आमसभा हुँदैछ......

  • प्रधानमन्त्री माधव नेपालद्वारा अनमिनको म्याद थप नगर्ने संकेत

    Thursday, 04.08.2010, 09:51pm

    काठमाडौं । प्रधानमन्त्री माधव नेपालले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मिसन अनमिनको समयावधि थप नगर्ने संकेत गरेका छन् । अवधि थप गर्नुभन्दा पनि समयमै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर अनमिनलाई बिदा गर्ने सोच रहेको प्रधानमन्त्रीको भनाइ छ । सद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिमा प्रधानमन्त्री नेपालले अनमिनको भूमिका संविधानसभाको चुनावसम्म मात्रै सकारात्मक भएको टिप्पणी गरे । उनले पछिल्लो समय अनमिनले माओवादी लडाकूको विवरण नदिएर असहयोग गरेको गुनासो गरे......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}