Hot News
मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो ; आइतबार राति विवाहको दुल्हन फर्काउन जॉदै गरेको सवारी साधन दुर्घटना हुँदा ; अनलाइन सर्भर डाउन भएपछि काठमाडौंमा सोमबार सवारी चालक अनुमतिपत्र
  • उच्चस्तरीय संयन्त्रमा प्रधानमन्त्रीको आवश्यकता नभएको प्रचण्डको भनाइ

    Wednesday, 01.13.2010, 12:44am

    काठमाडौं एकीकृत नेकपा माओवादीका अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय संयन्त्रमा प्रधानमन्त्रीको आवश्यकता नभएको बताएका छन्

    भारतबाट अतिक्रमति भूमि टनकपुर ब्रह्मदेवको अवलोकनपछि कैलाली पुगेका अध्यक्ष् दाहालले सञ्चारकर्मीसँग प्रधानमन्त्री संयन्त्रमा बस्ने कुरा गलत भएको दाबी गरे उनले गतिरोधको कारण बनेको व्यक्तिलाई संयन्त्रमा राख्नुको औचित्य नहुने तर्क गरे......

  • माओवादी नेताहरूद्वारा भारतले अतिक्रमण गरेका सीमाक्षेत्रहरूको अवलोकन

    Tuesday, 01.12.2010, 12:23am

     

    काठमाडौं । राष्ट्रिय स्वाधीनतालाई चौथो चरणको आन्दोलनको एजेन्डा बनाएको एकीकृत नेकपा माओवादीका नेताहरूले सोमबार भारतले अतिक्रमण गरेका नेपालका सीमाक्षेत्रहरूको अवलोकन गरेका छन् ।

    भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै माओवादी नेताहरूले विभिन्न सीमाक्षेत्रमा गई जागरण-सभा गरेका हुन् । यो अभियानअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुरको ब्रम्हदेवमा पुगेर अतिक्रमित सीमाक्षेत्र अवलोकन गरे......

  • कवि टंक सम्वाहाम्फेलाई हङकङ पुलिसद्वारा ज्यादति

    Monday, 01.11.2010, 01:10am

    हङकङ, १० जनवरी, २०१०, कवि तथा ब्लग मिडीयाकर्मी टंक साम्बाहाम्फेले आज एक प्रेस सम्मेलन आयोजना गरि हङकङ पुलिसले आफूलाई ज्यादति गरेको कुरा बताउनु भएकोछ । वहाँले गत २० डिसेम्बर २००९ का दिन कामबाट पर्कदै गर्दा आफ्नै बासस्थान छेउ याउमातेइमा हङकङ पुलिसले एक चाइनिज महिलाको बलत्कार घटनामा संलग्न भएको आशंकामा आफूलाई गिरफ्तार गरि प्रहरी हिरासतमा ४८ घण्टा र बाँकी अस्थाई जेलमा  गरि १० दिनसम्म मानसिक तथा शरिरिक यातना दिएको बताउनु भएकोछ......

  • नेपाल म्यूजिक सेन्टर गौशालाको आयोजनामा लोक कला कार्यक्रम २०६६ सम्पन्न

    Sunday, 01.10.2010, 11:55pm

    २०६६ साल पौष २५ गते काठमण्डौ, नेपाल म्यूजिक सेन्टरले आयोजना गरेको लोक कला कार्यक्रम २०६६ मा नेपालका मध्यमाञ्चलमा रहेको विभिन्न् आदिवासी जातजातीहरुले आफ्नो भेषभुषाका साथ आफ्नु संस्कृति नृत्य प्रस्तुत गरेका थिए । गीतकार कालीप्रसाद रीजालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमा संस्कृतविद् सत्यमोहन जोशी, संगीतकार रामशरण दर्नाल र लोक संस्कृति खोज अध्ययनकर्ता बुलु मुकारुङको उपस्तिथि रहेको थयो......

  • दिलबहादुर हत्या प्रकरणमा साक्षीहरूको वयान सुन्ने क्रम जारी

    Sunday, 01.10.2010, 11:53pm

    ८ तारिख पनि साक्षीहरुको वयान सुन्ने क्रम जारी रह्यो तर आज भने साक्षीहरुको प्रत्यक्ष वयान भन्दा पनि लिखित वयान मात्र पढेर सुनाइयो । वयान सुन्ने क्रममा दिलबहादुरको पत्नी सोनी लिम्वूको वयान पनि पढेर सुनाएको थियो । सोनीको वयानमा केही थपघट गर्नुपर्ने आवश्यक भएको उनकै वकील नाइजेल क्याटले वताएपछि आज आधादिन भन्दा वढी त्यही विषयमा वहस चलेको थियो......

  • मातृका यादव र जगत यादवको सभासद् पद खारेज

    Sunday, 01.10.2010, 12:42am

    काठमाडौं । मातृका यादव र जगत यादवको सभासद् पद शनिबारदेखि खारेज भएको छ ।

    संविधानसभा बैठकमा अध्यक्ष सुवास नेम्बाङले दुई सभासद्को पद खारेज भएको घोषणा गरे । उनी संविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका तर्फबाट समानुपातिक प्रणालीमार्फत् सभासद् बनेका थिए......

  • बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

    Sunday, 01.10.2010, 12:41am

    काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ ।

    नेपाल बार एसोसिएसन निर्वाचन समितिले देशभरका ३४ केन्द्रमा सौहार्द्रपूर्ण वातावरणमा मतदान भएको जानकारी दिएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो......

  • दिलबहादुर हत्या प्रकरण (वयान अनुसार ऊ अस्पताल आइपुग्दा पुरै अचेत थियो)

    Friday, 01.08.2010, 06:54am

    हङकङ । ७ जनवरी २०१० आज दिलबहादुर लिम्बूको हत्या छानवीनको क्रममा मृतक लिम्बूलाई गोली लागेपछि लगत्तै क्वीन एलिजावेथ अस्पतालमा लगिएपछि त्यहाँ आकस्मिक कक्षमा कार्यरत दुईजना डाक्टरहरूको वयान लिइएको छ ।

    वयानको क्रममा लिम्बूलाई आकस्मिक कक्षमा पुगेपछि पहिलो चोटि जाँच गर्ने डाक्टर ली किन यान र पछिबाट परीक्षण गर्ने ल कोक केङलाई वयान लिइएको थियो......

  • अधिकार निश्चितताका लागि सांगठानिक दबाब दिन नसकेको आदिवासी सभासद्को स्वीकारोक्ति

    Friday, 01.08.2010, 12:33am

    काठमाडौं । आदिवासी जनजातितर्फका सभासद्हरूले दलगत स्वार्थका कारण संविधानमा आफ्नो समुदायको अधिकार निश्चित गर्न सांठानिक दबाब दिन नसकेको स्वीकार गरेका छन् ।

    आदिवासी जनजाति पत्रकार संघले बिहीबार काठमाडौंमा गरेको अन्तक्रिर्यामा आदिवासी जनजाति सभासद्हरूले यस्तो धारणा व्यक्त गरेका हुन्......

  • माओवादीका अयोग्य लडाकूको बहिर्गमन कार्य सुरु, पहिलो पटक २०४ जनाको बिदाइ

    Friday, 01.08.2010, 12:32am

    काठमाडौं । माओवादीका अयोग्य लडाकूको बहिर्गमन प्रक्रिया बिहीबारदेखि सुरु भएको छ ।

    सरकार, माओवादी र संयुक्त राष्ट्रसंघीय मिसन अनमिनबीचको सहमतिअनुसार सिन्धुलीको दुधौलीस्थित माओवादी दोस्रो डिभिजन शिविरबाट बहिर्गमन प्रक्रिया सुरु गरिएको हो । पहिलो पटक बिहीबार दुई सय चार जना अयोग्य लडाकूलाई औपचारिक रूपमै बिदाइ गरियो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}