Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
  • पान्थर मञ्च हङकङ नयाँवर्ष २०६७ को तयारीमा

    Wednesday, 03.31.2010, 01:05am

    हङकङ, २८ मार्च २०१० को दिन सनराईज साप्ताहिक कार्यलय जोर्डनमा पान्थर मञ्च हङकङले नेपाली नयाँवर्ष २०६७ तयारीको लागि बैठक सम्पन गरेको छ । मञ्चका अध्यक्ष कृष्ण राज लाओतीको अध्यक्षतामा सम्पन उक्त बैठकमा मञ्चका सल्लाहकार भुपेन्द्र चेम्जोङको पनि उपस्थिती रहेको थियो......

  • मधेस आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा

    Wednesday, 03.31.2010, 01:03am

    काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले थप १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै २४ जनालाई सहिद घोषणा गरिसकेको छ । बैठकले मंगलबार सहिद घोषणा गरिएका परिवारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ......

  • सरकार परिवर्तनबारे माओवादीद्वारा सत्तारुढ दल एमाले र फोरमसँग छलफल

    Tuesday, 03.30.2010, 12:41am

    काठमाडौं । एकीकृत नेकपा माओवादीले वर्तमान सरकार परिवर्तनका विषयमा सत्तारुढ दल नेकपा एमाले र मधेसी जनअधिकार फोरमसँग छलफल गरेको छ ।माओवादीले सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा एमाले र फोरमसँग छुट्टाछुट्टै छलफल गरेको हो । छलफलमा सरकार परिवर्तनसम्बन्धी माओवादीको प्रस्तावमा समर्थन जनाएको बताइएको छ । एमालेले पनि प्याकेजमा सहमति भए सरकार परिवर्तनका लागि तयार भएको स्पष्ट पारेको छ......

  • नेका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईद्वारा २०४७ सालको संविधान पुनर्जिवित गर्न आग्रह

    Monday, 03.29.2010, 01:07am

    नेपाली कांग्रेसका एकमात्र जीवित संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले २०४७ सालको संविधान तत्काल पुनर्जिवित गर्न नागरीक तथा राजनितिक दलहरुलाई आग्रह गरेका छन् । आज एउटा विज्ञाप्ति जारी गर्दै आगामी जेठ १४ गते सम्ममा संविधान  बन्ने कुनै सम्वाभवना नभएको बताएका छन् ......

  • कोइरालाको निधन भए पनि नेतृत्वको खडेरी नपरेको प्रचण्डको भनाइ

    Sunday, 03.28.2010, 12:29am

    काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भए पनि नेतृत्वको खडेरी नपरेको बताएका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा अध्यक्ष दाहालले कोइरालाको निधन भए पनि नेतृत्वको अभाव नभएको भन्दै आगामी दिनमा पनि अभाव हुन नदिने बताएका हुन् । दाहालले कोइरालाको निधनपछि शान्ति प्रक्रियाको भविष्यप्रति बढेको चिन्ता हटाउन नेतृत्वमा खडेरी पर्न नदिने बताए......

  • समयमैं संविधान बन्नेमा थप आशंका उत्पन्न

    Saturday, 03.27.2010, 12:22am

    संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले विवादहरू मिलाउन दलहरूसँग परामर्श थालेका छन्।दलहरूबीचको विमतीलाई समाधान गरि संविधान निर्माणलाई सघाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व बारेको विवाद शुक्रवार पनि समाधान हुन सकेको छैन।गत शनिवार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएदेखिनै संयन्त्रको नेतृत्व कसले गर्ने भन्नेबारेमा विवाद चलिरहेको छ......

  • पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति दलहरू आक्रोशित

    Friday, 03.26.2010, 12:58am

    पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्त भइसकेको भन्ने आफूलाई नलागेको भनेर दिएको प्रतिक्रियालाई मुख्य दलहरूले दिवास्वप्नको संज्ञा दिएका छन्।एभिन्यूज टेलिभिजनले बुधवार प्रसारण गरेको उक्त अन्तर्वार्तामा राजतन्त्रको इतिहास समाप्तीको कारण सोध्दा उनले दिएको उक्त जवाफले राजनीतिमा ठूलै तरङ्ग ल्याइदिएको छ......

  • विश्वब्यापी गजल प्रतियोगिताको अन्तिम नतिजाको तयारी हुँदै

    Thursday, 03.25.2010, 12:40pm

     सेरिया ब्रुनाई, गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरूको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ । मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरूको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।......

  • बिना जानकारी डाकबाहकलाई अवकास

    Thursday, 03.25.2010, 12:39pm

    चैत्र-१२, बिना जानकारी जिल्ला हुलाक कार्यलय खोटाङले डाकबाहक बुद्धीप्रसाद तिम्सिनालाई अवकास दिएको छ । दिप्सुङ अतिरिक्त हुलाक कार्यलयदेखि बाक्सिलासम्म डाक ओसार्दै आउनु भएका डाक बाहक बुद्धी तिम्सिनालाई बिना जानकारी हुलाक कार्यलयका निमित्त प्रमुख गुणराज पाण्डेले अवकाश दिनु भएको हो......

  • संगीतकार बुलु मुकारुङद्वारा 'बुङ्वाखा संगीत पुरस्कार' स्थापना

    Wednesday, 03.24.2010, 08:56pm

    काठमाडौं । वरिष्ठ संगीतकार बुलु मुकारुङले मातृभाषामा पहिलो पटक 'संगीत पुरस्कार' स्थापना गरेका छन् ।'बुङ्वाखा संगीत पुरस्कार' नामाकरण गरिएको उक्त पुरस्कारको सुरुको राशि दुई हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र रहेको बताइएको छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}