Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • अन्तर्राष्ट्रिय कविता महोत्वसमा "अकिञ्चन" प्रथम

    Wednesday, 07.07.2010, 08:45pm

             एसोसियन अफ नेपलिज इन अमेरिकाको बृहत् सम्मेलनको  सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा आयोजित कविता महोत्सवमा उमेश राई "अकिञ्चन" को  कविता "मोनालिसा र मार्च ८"  ले  प्रथम  स्थान हासिल  गरेको छ......

  • फ्रान्सेली कम्पनी ओबरथरलाई एमआरपी छाप्न दिने निर्णय, पुसदेखि एमआरपी प्रयोगमा आउने

    Tuesday, 07.06.2010, 11:57pm

             काठमाडौं । परराष्ट्र-मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट -एमआरपी) छपाइको जिम्मा फ्रान्सेली कम्पनी ओबरथरलाई दिने भएको छ ।

    मन्त्रालयले मंगलबार सबैभन्दा न्यून मूल्यमा एमआरपी उपलब्ध गराउने प्रस्ताव गरेको ओबरथरलाई छपाइको ठेक्का दिने निर्णय गरिएको जानकारी दिएको हो । मन्त्रालयले एक साताभित्र कम्पनीसँग सम्झौता गरी एमआरपी छपाइ अघि बढाइने जानकारी पनि दिएको छ । मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले सम्झौता भएको ७० दिनभित्र कम्पनीले पहिलो लट एमआरपी उपलब्ध गराउनुपर्ने बताए.......

  • कवि किराँती भोगेन एक्लेको कृति 'विरुद्धमा' विमोचन, कवि गोष्ठी सम्पन्न

    Tuesday, 07.06.2010, 01:11am

           काउलूनको जोर्डन स्थित सुनकोशी कन्सल्टेन्सीको सभाहलमा हङकङेली कवि किराँती भोगेन एक्लेको कविताकृति 'विरुद्धमा' सार्वजनिक गरिएको छ । सोही अवसरमा हङकङमा कविता एक दशक भएको उपलक्षयमा कवि गोष्ठी आयोजना गरीएको थियो । सृजनशील सहित्य समाज हङकङद्वारा १२ औं कृतिको रुपमा प्रकाशित सो कृतिको विमोचन कार्यक्रमको आयोजना पनि सृसासले गरेको थियो......

  • किरात याक्थुङ चुम्लुङ हङकङको ८ औं महाधिवेशन सम्पन

    Tuesday, 07.06.2010, 01:10am

             हङकङ, ४ जुलाई २०१० को दिन याउ मा तेई कम्युनिटी सेन्टरको सभाहलमा किरात याक्थुङ चुम्लुङ हङकङले आफ्नो ८ औं महाधिवेशन सम्पन गरेको छ ।

    खुल्ला सत्रको अध्यक्षता कियाचु हङकङको अध्यक्ष निर प्रसाद जबेगुले गर्नु भएको गियो भने प्रमुखअतिथि नेपाली मंहासघका महासचिव रिता गुरुङ, विषेश अतिथिमा जनजाति महासंघका अध्यक्ष एम बि थापा, अतिथीहरूमा नेवार समाजका अध्यक्ष मणीक लाल श्रेष्ठ......

  • व्यवस्थापिका-संसद्को बर्षे अधिवेशन सोमबार सुरु

    Tuesday, 07.06.2010, 01:08am

             काठमाडौं । व्यवस्थापिका-संसद्को बर्षे अधिवेशन सोमबार सुरु हुनासाथ स्थगित भएको छ ।

    नयाँबानेश्वरस्थित संविधानसभाभवनमा बैठक सुरु हुनासाथ आगामी असार २७ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख सुवास नेम्बाङले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए......

  • प्रजातान्त्रिक सेनानी राईको निधन, राजनीतिक गुरु गुमाइयोः नेताहरू

    Monday, 07.05.2010, 12:07am

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक सेनानी बलबहादुर राईको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ ।

    ढाँड, युरिक एसिड, मृगौलालगायतका रोगबाट पीडित नेता राईको उपचारका क्रममा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइतबार दिउँसो ४ बजेर १० मिनेटमा निधन भएको हो......

  • माओवादीद्वारा सरकार गठनको पहलमा तीब्रता, प्रतिबद्धता पूरा गर्न अन्य दलको दबाब

    Sunday, 07.04.2010, 12:05am

    काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि अन्य दलसँगको छलफललाई तीब्रता दिएको छ । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले आफ्नो पक्षमा सहमति जुटाउने प्रयास गरे पनि सफल भने हुन सकिरहेको छैन ।

    नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलले माओवादीले विगतका प्रतिबद्धता पूरा नगरी उसको नेतृत्व स्वीकार गर्न नसकिने अडान लिएपछि सहमति जुट्न नसकेको हो......

  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता लिङ्देन पक्षलाईः थारुको कथित महाधिवेशन खारेज

    Saturday, 07.03.2010, 12:35am

             संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन 'मिराक' नेतृत्व रहेको दललाई निर्वाचन आयोगलको मिति २०६७ असार १६ गतेको फैसलाले सत्य-तथ्य र निष्पक्ष रुपमा आधिकारिकता दिएको छ । यो फैसलाको लागि निर्वाचन आयोगप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद व्यक्त गर्दछ......

  • सरकारको नेतृत्व लिन दलहरू गृहकार्यमा, २५ दलकै सहमति हुनुपर्नेः साना दल

    Friday, 07.02.2010, 12:07am

            काठमाडौं । प्रधानमन्त्री माधव नेपालले राजिनामा दिएका कारण नयाँ सरकारको नेतृत्व लिन दलहरू गृहकार्यमा जुटेका छन् । बिहीबार नेकपा एमाले र एकीकृत नेकपा माओवादीले आआफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने औपचारिक निर्णय गरेका छन् ।

    माओवादीको स्थायी कमिटीको बैठकले बिहीबार प्रधानमन्त्रीको राजिनामाले सहमतिका लागि मार्गप्रशस्त गरेको ठहर गर्दै आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो......

  • राष्ट्रपतिद्वारा सहमतिको सरकार गठन गर्न आह्वान, एक साताको समयसीमा दिइयो

    Friday, 07.02.2010, 12:03am

             काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले बिहीबार दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आह्वान गरेका छन् ।

    प्रधानमन्त्री माधव नेपालले बुधबार सहमतिका लागि मार्गप्रशस्त गरेको भन्दै राजिनामा दिएपछि राष्ट्रपति डा. यादवले एक साताभित्र सहमतिको सरकार गठन गर्नका लागि दलहरूलाई आह्वान गरेका हुन्......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}