Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • सरकारको नेतृत्व नपाए माओवादीले एमालेलाई समर्थन गर्ने

    Tuesday, 07.20.2010, 01:50am

    काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नो दलको नेतृत्वमा सरकार गठन हुन नसक्ने अवस्था आए नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

    पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका कारण सहमतीय सरकारको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको छ......

  • अप्रवासी समुदायलाई २ दिने तालिम

    Monday, 07.19.2010, 03:36pm

            जुलाई १८ तारिक २०१० का दिन Enrich Personnel Devlopment Limited को आयोजनामा अनि हङकङ जक्की क्लब र क्रिश्चीयन एक्सन च्यारीटि ट्रस्टको सहयोगमा हङकङमा रहेको अप्रवासी समुदायलाई २ दिने कोर्षको तालिम जोर्डनको क्रिश्चीयन एक्सन लिकोङ कर्मसीयल बिल्डीङमा सम्पन्न गर्यो । सो कोर्षमा नेपाली घरेलु कामदारहरुले सहभागिता जनाएका थिए........

  • चैत महिनाभित्र संविधान लेखिसक्ने गरी नयाँ कार्यतालिका ल्याइयो

    Sunday, 07.18.2010, 09:08pm

    काठमाडौं । संविधानसभाले आगामी चैत मसान्तसम्म नयाँ संविधान लेखिसक्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

    नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आइतबार बसेको संविधानसभा बैठकमा नयाँ कार्यतालिका सर्वसम्मतिले पारित भएको हो । सभाध्यक्ष सुवास नेम्बाङले प्रस्ताव गरेको संविधानसभाले काम गर्न नसकेको सांढे पाँच महिना कटाएर २९ महिना अर्थात् एक सय २६ हप्ते कार्यतालिका सर्वसम्मति जुटेको थियो । यसअघि आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको थियो......

  • नयाँ सरकारको नेतृत्वमा कांग्रेसको दाबी, सहमतिका लागि अन्य दलसँग वार्ता गर्ने

    Friday, 07.16.2010, 12:09am

    काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अबको सरकारको नेतृत्व आफ्नै दलले गर्ने निर्णय गरेको हो । कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नो दलमा पार्नका लागि एकीकृत नेकपा माओवादीलगायत अन्य दलसँग छलफल गर्ने भएको छ । कांग्रेसले अब गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिन माओवादीसँग छलफल गर्ने निर्णय पनि गरेको छ......

  • वर्कर्स र जातीय मुक्तिमोर्चाबीच एकीकरण

    Friday, 07.16.2010, 12:08am

    काठमाडौं । किरात जनवादी वर्कर्स पार्टी र संयुक्त जातीय मुक्तिमोर्चाबीच एकीकरण भएको छ । मोर्चाले बिहीबार ललितपुरको अज्ञातस्थलमा पत्रकार सम्मेलन गरी नयाँ संविधानमा उत्पीडित जातजातिको अधिकार सुनिश्चित गर्न एकीकरण गरिएको जानकारी दिए । वर्कर्सले पूर्वमा किरात राज्य स्थापनाको मागसहित सशस्त्र गतिविधि गर्दै आएको भने मोर्चाले उत्पीडित जातजातिको पक्षमा भन्दै लड्दै आएको छ......

  • बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

    Thursday, 07.15.2010, 09:38am

    मान्छे भएर जन्मेपछि पित्री ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार [image: KDM LOGO] नेपाली भएर जन्मिसकेपछि आबस्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरीकको कर्तब्य पनि......

  • सोभराजको मुद्दाको फैसलाको मिति फेरि सर्‍यो, साउन १४ गते फैसला हुने

    Wednesday, 07.14.2010, 07:16pm

    काठमाडौं । सर्वोच्च अदालतले बुधबार हुने भनिएको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दाको फैसलाको मिति फेरि सारेको छ ।

    सोभराजको मुद्दामा बहस बाँकी रहेकाले आगामी साउन १४ गते फैसला सुनाइने भएको हो । पाँच वर्षयता सर्वोच्च अदालतको बहसमा रहेको सोभराजको मुद्दामा न्यायाधीशहरू रामकुमार प्रसाद यादव र गौरी ढकालको संयुक्त इजलासले छलफल बाँकी रहेको भन्दै साउन १४ गतेका लागि फैसला सारेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले काठमाडौंमा २८ वर्षअघि दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा सोभराजलाई सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो......

  • आगामी साउन ५ गते प्रधानमन्त्रीको चुनाव हुने

    Wednesday, 07.14.2010, 12:33am

    काठमाडौं । थप समयमा पनि सहमतीय सरकार गठन गर्न दलहरू असफल भएपछि बहुमतीय प्रणालीमा आगामी साउन ५ गते प्रधानमन्त्री चयन गरिने भएको छ ।

    व्यवस्थापिका-संसद् बैठकमा मंगलबार सभामुख सुवास नेम्बाङले अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको चुनाव हुने जानकारी गराएका हुन् । सभामुख नेम्बाङले बैठकमा सहमतीय प्रणालीबाट सरकारको गठन हुन नसकेको भन्दै बहुमतीय प्रणालीमार्फत प्रधानमन्त्रीको चयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन गरेर सुनाएका थिए......

  • साहित्य महासंघमा अनलाइन नेपाली साहित्य मंच पनि आबद्ध हुने

    Tuesday, 07.13.2010, 02:46pm

    ब्रुनाई गत ९ जुलाईको दिन अनलाइन नेपाली साहित्य मंचको सम्पन्न बैठकले स्थापना हुन लागेको विश्व नेपाली साहित्य महासंघमा आबद्ध हुने निर्णय गरेको छ । नेपाली साहित्यमा अनलाइनको क्षेत्रले पुर्याउदै आएको र पुर्याउन सक्ने योगदानलाई पनि सहि तवरले पहिचान दिन र दिलाउन महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन......

  • आज विश्व नेपाली साहित्य महासंघको घोषणा हुने

    Tuesday, 07.13.2010, 02:14pm

    आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा गर्दैछन । । नेपालको समय – बेलुकी ठिक ६ बजे स्काइपी Skype मा टेलिकन्फिरेन्स गरेर घोषणा गरिन्दै छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}