Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • धुमधामका साथ कृष्ण जन्माष्टमी मनाउदै हिन्दुर्धालम्बीहरु

    Sunday, 08.01.2010, 01:22pm

    हिन्दुधर्माम्बीहरुको एक विषेश पर्व कृणाजन्माष्टमी पूजाआजका साथ विभिन्न कृष्ण मन्दिरमा धुमधामका साथ मनाइदै छ । ललितपुरको पाटन कृष्ण मन्दिरमा आज विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । दिनभरी वर्तबसि रातमा पनि कृष्णको पुजाआजा गरी अन्न खाने गरिन्छ। विभिन्न स्थानमा कृष्णसँग सम्बन्धित झाँकीहरु समेत प्रदर्शन गर्ने गरिन्छ । पाटन कृष्ण मन्दिरमा आजै राष्ट्रपति डा.रामवरण यादवको समेत दर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • फोहोरमा फेरि अवरोध

    Sunday, 08.01.2010, 01:15pm

     भदौँ १५

    फोहोर फाल्ने विषयमा ओखरपैवावासीको एउटा समूहसँग सहमति भएको भोलिपल्टै अर्को समूहले अवरोध सुरु गरेको छ । ल्यान्डफिल्ड साइड नजिकैको कागती गाउँ र रातमाटेका स्थानीय बासिन्दाले मंगलबार बिहान फोहोर फ्याल्न अवरोध गरेका छन् । भदौ ६ गतेदेखि राजधानीमा थुप्रिएको फोहोर उठाउने विषयमा सोमबार सरकार र ल्यान्डफिल्ड प्रभावित क्षेत्रका ५ संर्घष समितिबीच सहसति गरेको थियो

  • माओवादीले मोर्चालाई लिखित प्रतिबद्धता बुझायो, एक मधेस एक प्रदेश अस्वीकार

    Saturday, 07.31.2010, 11:56pm

    काठमाडौं । एकीकृत नेकपा माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई लिखित प्रतिबद्धता बुझाएको छ । मोर्चाले अघि सारेको 'एक मधेस एक प्रदेश'को माग भने माओवादीले अस्वीकार गरेको छ ।

    मधेसी जनअधिकार फोरमको संसदीय दलको कार्यालयमा शनिबार माओवादी नेताहरूले मोर्चाका नेताहरूलाई लिखित प्रतिबद्धतापत्र बुझाएका हुन् । माओवादीले मोर्चाका अन्य मागमा सहमति जनाए पनि एक मधेस एक प्रदेशको मागमा भने असहमति जनाएको बताइएको छ......

  • सोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो

    Saturday, 07.31.2010, 12:22am

    काठमाडौं । सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स सोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

    सर्वोच्चले जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत पाटनले यसअघि सोभराजलाई सुनाएको सर्वस्वसहित जन्मकैद गर्ने फैसला शुक्रबार सदर गरेको हो । पाँच वर्षयता जेलमा रहेका ६६ वर्षीय सोभराजको मुद्दामा न्यायाधीशद्वय रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो......

  • मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदले हङकङमा वृहत कार्यक्रम गर्ने

    Saturday, 07.31.2010, 12:20am

    हङकङ, यही अगष्ट २२ गते "नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान, ऐक्यवद्धताको आव्हान"  भन्ने शिर्षकमा वृहत गोलमेच सम्मलेलन कार्यक्रम मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा हुने भएको छ......

  • उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह

    Thursday, 07.29.2010, 11:54pm

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । एमाले अध्यक्ष खनालले सहमतीय सरकार गठनका लागि भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

    काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष खनालले राष्ट्रिय सहमति नभए साउन १७ गते पनि नयाँ प्रधानमन्त्रीको टुंगो नलाग्ने दाबी गरे । खनालले बहुमतीय सरकारलाई एमालेको समर्थन नरहने स्पष्ट पार्दै राष्ट्रिय सहमति जुटाउन सबै दल जिम्मेवार भए एमालेलाई जुनसुकै दलको नेतृत्व पनि स्वीकार्य हुने बताए......

  • इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने

    Thursday, 07.29.2010, 12:20am

    काठमाडौं । सरकारले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबार फुकुवा गरेको छ ।

    श्रममन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा श्रम-प्रवक्ता पूर्णचन्द्र भट्टराईले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका हुन् । इराकस्थित अमेरिकी कम्पनीमा कार्यरत ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध तवरले काम गर्ने बाटो खोलिदिन सरकारले प्रतिबन्ध फुकुवा गरेको हो......

  • प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा

    Thursday, 07.29.2010, 12:19am

    काठमाडौं । मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले १७ गते हुने प्रधानमन्त्रीको चुनावमा आफूहरू तटस्थ नबस्ने बताएका छन् ।

    कामाडौंमा बुधबार भएको कार्यक्रममा फोरम अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुनै पनि एक दललाई समर्थन गर्ने भन्दै तटस्थ नबस्ने बताए । यसअघि दुईपटक चुनाव हुँदासमेत मोर्चा र नेकपा एमाले तटस्थ बसेपछि नयाँ प्रधानमन्त्रीको टुंगो लाग्न सकेको छैन । व्यवस्थापिका-संसद्मा साउन १७ गते तेस्रो पटक प्रधानमन्त्रीको चुनाव हुन लागेको हो......

  • मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता

    Thursday, 07.29.2010, 12:17am

    काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बाहिरिएको लक्ष्मण थारूको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको छ ।

    थारूको अध्यक्षतामा ३८ जना केन्द्रीय पदाधिकारी तथा सदस्य रहने गरी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी नामको दललाई आयोगले मंगलबार स्वीकृति दिएको हो । योसमेत निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ७५ पुगेको छ......

  • पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते

    Tuesday, 07.27.2010, 12:38am

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका अंगरक्षकले सोमबार पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । प्रहरीले बल प्रयोग गर्दा १७ जना घाइतेसमेत भएका छन् ।

    पूर्वराजा शाहको प्रतिक्रिया लिन खोज्दा उनका अंगरक्षकले भक्तपुरको चितपोल ७ मा पत्रकारमाथि दुर्व्यवहार गरेका हुन् । ज्ञानेन्द्र भक्तपुरकै चितपोल ७ स्थित लटरम्बेश्वर महादेव मन्दिर निर्माणका लागि भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका थिए......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}