विदेशमा हिमाल खबर पत्रिकाको पहिलो 'हिमाल बहस’ हुने
Tuesday, 03.09.2010, 05:38am (GMT+5.5)
ईन्द्र
हङकङ, मार्च ८ तारिख नेपालमा प्रकाशित हुने प्रसिद्व हिमाल खबर पत्रिकाले हङकङका प्रबुद्व नेपालीहरूबीच यहि मार्च १४ तारिख याउ मा तेई कम्यूनिटी हलमा 'संघीयता र जातीय स्वायत्त प्रदेश’ विषयक 'हिमाल बहस’ गराउन गैरहेको छ। उक्त 'हिमाल बहस’लाई हिमाल खबर पत्रिकाले आगामि अंकमा प्रकाशित गर्ने कुरा कार्यक्रमका संयोजक हिमाल खबर पत्रिकाका पूर्व समाचार सम्पादक जेबी पुन मगरले बताए।
'नेपालमा संविधान विषयमा देशभर बहस गराउँदै आएको भए पनि नेपाल बाहिर यो पहिलो पटक हो’ जेबी पुन मगरले भने। 'देश बाहिरका नेपालीहरूको विचार र धारणा के छ भन्ने बुझ्नलाई पनि यो कार्यक्रम गरिएको हो’ यसको उद्देश्यबारे बताउँदै पुनले भने, उनका अनुसार उक्त बहसमा हङकङका विभिन्न पेशा, व्यापार तथा समुदायहरूका प्रबुद्व व्यक्तिहरूलाई सहभागि गराएको छ भने बहस सुन्नको लागि सबैलाई उपस्थित हुन हार्दिक अनुरोध गर्नुभएको छ।
यस किसिमको कार्यक्रम हङकङमा पहिलो हुन गैरहेकोले पनि नेपाली समुदायका बौद्विक वर्गहरूको ठूलो उपस्थिति हुने थाहा भएको छ। यस कार्यक्रमको आयोजक हिमाल खबर पत्रिका र मगर संघ हङकङ रहेका छन् भने मिडिया पार्टनर एभरेष्ट साप्ताहिक र हङकङ नेपाली डटकम रहेका छन्।





Comments (0)
Print
Tell friend
Top
