Friday, 07.30.2010, 08:05pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

लिम्बुवानको विस्तारित बैठक सम्पन्नः मिसन जे.एम.एस.र डी.एस. देखि सरकारसम्मको तयारी

Sunday, 03.07.2010, 11:48am (GMT+5.5)

डी बी आङबुङ धरान, लिम्बुवानबाट

        धरान लिम्बुवान, फागुन १९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक विस्तारित बैठक २०६६ फागुन १६, १७ र १८ गते सुनसरीको धरान लिम्बुवानमा सङ्गठनका अध्यक्ष कुमार लिङदेन 'मिराक' को अध्यक्षतामा सम्पन्न भयो । तीन दिनसम्म चलेको उक्त बैठकमा लिम्बुवानका ९ वटै जिल्ला, उपत्यका र सबै भातृसंगठनहरूको समेत प्रतिनिधित्व र सहभागिता रहेको थियो । सो विस्तारित बैठकले हालसम्मको लिम्बुवान आन्दोलनको समीक्षा गर्दै विभिन्न सुझाव र आगामी कार्यक्रमसहितको प्रतिवेदनहरू प्रस्तुत गरेर सोउपर गम्भीर छलफल र बहस गरी तपशीलका निर्णयहरू गरेको कुरा धरानमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

. विस्तारित बैठकमा केन्द्रीय (राज्य) समितिको तर्फबाट अध्यक्ष कुमार लिङदेन 'मिराक'बाट प्रस्तुत राजनीतिक प्रतिवेदन, जिल्ला समिति र सबै जनसङ्गठनबाट प्रस्तुत प्रतिवेदनहरू विस्तारित बैठकले थप सुझावसहित पारित गरेको छ ।

. लिम्बुवानको ऐतिहासिक भूमि नौ जिल्लासहितको सिमाङ्कन सबैभन्दा टड्कारो विषय बनेर हाम्रोसामु उभिएको छ । मोरङ, झापा, सुनसरी, धनकुटा र सङ्खुवासभाका जनताहरूको घर-घर, टोल-टोल, स्कूल/कलेजहरूमा, विभिन्न गन्यमान्य बुद्धिजिवीहरूमा, विभिन्न राजनीतिक पार्टी एवम् सामाजिक-सांस्कृतिक-खेलकुद संगठनहरूमा गएर अरूणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस/छलफल चलाउने र लिम्बुवानको पक्षमा जनमत सृजना गर्न झापा, मोरङ, सुनसरीलाई 'मिशन जे.एम.एस.' र धनकुटा, सङखुवासभालाई 'मिशन डी. एस.' नामकरण गरी आन्दोलनको अभियान सञ्चालन गर्ने । सो अभियान सञ्चालन गर्न 'मिशन जे. एम. एस.' का लागि ९ वटा टोली र 'मिशन डी. एस्' का लागि ४ वटा टोलीहरू निर्माण गरी यो मिशनमा पठाउने निर्णय गरियो । यो अभियानहरू लिम्बुवान प्राप्तिको निर्णायक आन्दोलनको तयारीहरू हुनेछन् ।

. २०६६ चैत्र २५ गते धनकुटाको पाख्रीबास र चैत्र २७ गते सङखुवासभाको खाँदबारीमा 'विशाल लिम्बुवानी आमसभा' को आयोजना गर्ने । 

. यही फागुन २१ र २२ गते उर्लाबारीमा सम्पन्न हुने संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदको प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउने । त्यसका लागि परिषदले सबै खाले सहयोग गर्ने । साथै, विद्यार्थी संगठनका सबै जिल्ला कार्य समितिहरूको नियमित सम्मेलनहरू गर्ने ।

. लिम्बुवानका पक्षमा अभिमत जाहेर गर्न संविधानसभा अध्यक्ष र संवैधानिक समितिहरूमा लिम्बुवानका विभिन्न आदिवासी तथा सम्पूर्ण लिम्बुवानवासी जातिहरूको प्रतिनिधिमुलक डेलिगेशन तत्कालै लैजाने ।

. लिम्बुवानको सञ्जुहाङ पालुङवाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदसँग सहकार्य गर्न एक हप्ताभित्रमा वार्ता, छलफल शुरू गर्ने । जसका लागि उपाध्यक्ष ज्ञानबहादुर इम्बुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको छ । 

.    प्रतिक्रान्ति भयो भने, लिम्बुवान दिइएन भने र लिम्बुवानलाई टुक्र्याइयो भने लिम्बुवान आन्दोलनको रक्षाको लागि हुने निर्णायक आन्दोलनको तयारी गर्ने ।

.    जेठ १४ मा संविधान घोषणा गरिएन भने वा संविधान नै नलेख्ने षडयन्त्र भए लिम्बुवानले आफ्नै सरकार सञ्चालन गर्न लिम्बुवानको छायाँ सरकार निर्माण गर्ने ।

.    लिम्बुवानको आन्दोलनलाई नै बिकृत पार्ने गरी भइरहेको चन्दा आतङ्कलाई कडाइका साथ रोक्ने ।

१०. लिम्बुवानका सबै स्कूल, कलेज/क्याम्पस र कार्यालयहरूमा फूलबारी र शौचालयहरू एकदेखि दुई महिनाभित्रमा अनिवार्यरुपमा निर्माण गर्न र तन्दुरूस्त राख्न आग्रह र सहयोग गर्ने  । यदि नगरिएमा तालाबन्दी गर्ने । यो लिम्बुवान निर्माणको प्रारम्भिक अभियानहरूमध्ये एक हुनेछ ।

११. लिम्बुवानमा अनाधीकृत रुपमा रुख कटानी गर्न रोक्ने । व्यवसायिक रुपमा जति पनि रूखहरू कटानी भइरहेका छन्, यसमा एक रूख कटानी गरे बराबर दश रूख रोप्ने र हुर्काउने खर्च भरपर्दो संस्थामार्फत् जम्मा गर्नुपर्ने तब मात्र काठहरू निकासी गर्न पाउने गरी सम्बन्धित् पक्षसँग परामर्श गरेर सो अभियान सञ्चालन गर्ने ।

१२. लिम्बुवानको उब्जनशील भूमिमा प्लटिङको नामले भइरहेको मरूभूमिकरण र व्यापारीकारणलाई रोक्न आई.एल.. महासन्धि १६९ अनुसार सम्बन्धित् स्थानीय आदिवासीहरूसँग परामर्श गर्न लगाउने र भूमाफियाकरणलाई रोक्ने ।

१३. लिम्बुवानका आदिवासी, दलित, महिलाहरूलाई रोजगारीलगायत राज्यको हरेक निकाय र क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको अवसर प्रदान गरिनुपर्ने आन्दोलनलाई निरन्तरता दिने ।

१४. २०६५ चैत्र ६ गते शहीद भएका विद्यार्थी मनिल तामाङको परिवारलाई रू. १० लाख क्षतिपूर्ति गराउन कडा आन्दोलन गर्ने ।

१५. वैकल्पिक केन्द्रीय सदस्यहरू धनराज सुब्बा,  देउकुमार लिङलेकू, चौकीदार तामाङ र महनप्रसाद थलङलाई यसै विस्तारित बैठकबाट केन्द्रीय सदस्यमा पदोन्नति गरिएको छ । साथै, निम्नानुसारका थप राष्ट्रिय पार्षदहरू निर्वाचित गरिएका छन्-

तेह्रथुमबाट पे्रमबहादुर तुम्बाहाङफे, डिल्लीश्वर तुम्खेवा, दिपक सम्बाहाङफे र खेलप्रसाद सम्बाहाङ्फे; धनकुटाबाट रसफुल लुङ्बा, फौदसिङ चोङबाङ, कमलसिङ तिगेला, हरिबहादुर इवा, गुरुप्रसाद लिम्बू र गंगाहाङ तिगेला; सुनसरीबाट कृष्णमान थेबे, रणहाङ एभेङ, धनपति चोङबाङक्याक् र स्वर्णिमहाङ फोम्बो; झापाबाट पुष्पा लिङदेन, दिलकेशर थापा क्षेत्री, ओम वनेम, लाजित नेम्बाङ र दुर्गा तिमिल्सिना; इलामबाट प्रेम राई, गंगा सावादेन, रिन्छेनकाजी हेल्मो र डिकीलमू काजी लेप्चा; र उपत्यकाबाट दुर्गा ओख्राबो, पदम तुम्बाहाङफे, केदार धिमाल र मोरङबाट अजित धिमाल रहेका छन् ।

१६. यसै विस्तारित बैठकले संघीय लिम्बुवान कलाकार परिषदका संयोजकमा परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङ, संघीय लिम्बुवान मजदुर परिषदको संयोजकमा पारुहाङ खम्बू र संघीय युवा मञ्चको संयोजकमा नगेन्द्र राईलाई जिम्मेवारी तोकिएको छ ।

१७. परिषदका केन्द्रीय सदस्य कृतिमान मादेनलाई ताप्लिजोङ जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

१८. संगठनको मुखपत्र 'साझा लिम्बुवान' लाई नियमित रुपमा प्रकाशन गर्न संघीय लिम्बुवान पत्रकार परिषदलाई जिम्मेवारी तोकिएको छ ।

१९. संघीय लिम्बुवान राज्य परिषदका महासचिव झन्त पालुङ्वा 'लासिम', सचिवालय सदस्य मुक्कुम नेम्बाङ, केन्द्रीय सदस्यहरू मित्र लिङदेन, डिल्ली मिभक 'तेन्धङहाङ' र प्रकाश राईलाई अर्कै संगठनमा प्रवेश गरेकोले परिषदको विधानको धारा ४५ अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

विस्तारित बैठकको उद्घाटन सत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पनि अध्यक्षको रुपमा भर्खरै निर्वाचित भएका लिम्बुवानका अध्यक्ष कुमार लिङदेन 'मिराक' लाई खादा ओडाई स्वागत गर्दै बधाई दिइएको थियो । यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तामाङसालीङका कार्यवाहक अध्यक्ष सिङमान तामाङलाई पनि खादा ओडाई सम्मान र स्वागत गरिएको थियो । साथै, भर्खरै सञ्जुहाङ समूहको लिम्बुवानबाट जिल्लास्तरमा एकीकरण गरेका तेह्रथुमका अध्यक्ष प्रेम तुम्बाहाङफेलाई पनि फूलका गुच्छाले स्वागत गरिएको थियो ।

बैठकमा लिम्बुवानका अभिन्न भूभाग धनकुटाको पाख्रीवास र संखुवासभाको खाँदबारीमा ऐतिहासिक विशाल लिम्बुवानी आभसभा गर्ने निर्णय भएपछि सो कार्यक्रमको सहयोगका लागि तामाङसालीङका कार्यवाहक अध्यक्ष तथा बैठकका विशिष्ट अतिथि सिङमान तामाङबाट रू. २५,००० आर्थिक सहयोग गरिएको थियो । त्यसैगरी, लिम्बुवानका केन्द्रीय सदस्य दिलकुमार फोम्बोबाट लिम्बुवानको कार्यायलमा सञ्चारको साधन व्यवस्थापनका लागि रू. ,००० सहयोग भएको थियो । लिम्बुवानवकै कार्यक्रमअन्तर्गत फागुन २१ र २२ मा लिम्बुवानको उर्लावारी मोरङमा संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको प्रथम राज्य सम्मेलन हुने कार्यक्रम रहेको छ ।

bagaicha.com

Comments (0)        Print        Tell friend        Top


Other Articles
दिलबहादुर हत्या प्रकरण अव अन्तिम चरणमा (03.06.2010)
विशेष सुरक्षा योजनामा कमजोरी भएको सरकारको निष्कर्ष (03.04.2010)
संविधान समयमै नबने अतिवाद हाबी हुने कांग्रेस नेताहरूको चेतावनी (03.04.2010)
नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न (03.03.2010)
बसन्ति पुनको गीति एलवम "साहारा" विमोचन (03.01.2010)
तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन (02.28.2010)
नेपाललाई आईसीसी डिभिजन-फाइभको उपाधि, फाइनलमा अमेरिका पराजित (02.27.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षसहित तीन जनालाई निष्काशन (02.24.2010)
संघिय लिम्बूवान गोर्खा भुपु सैनिक तथा भुपु सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन (02.24.2010)
कवि गोष्ठी तथा पुस्तकालय सुभारम्भ (02.21.2010)
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::|Hot News
उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह
इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.