दिलबहादुर हत्या प्रकरण अव अन्तिम चरणमा
Saturday, 03.06.2010, 12:08am (GMT+5.5)भूपेन्द्र चेम्जोङ
दिलबहादुर लिम्वू मृत्यु छानवीन प्रकृया अव अन्तिम चरणमा पुगेको छ ।अस्ति भर्खरै प्रहरी हातहतियार विज्ञ जोफ्री छोलाई वयान लिइएको थियो । उनको वयान सकिने वित्तिक्कै मृत्यु छानवीन कै अन्तिम साक्षी प्रहरी प्रशिक्षक तथा वरिष्ट निरिक्षक रिकी चेनलाई वयान लिन शुरु गरियो । अस्ति ३ मार्चका दिनदेखि वयान लिन शुरु गरिएकोमा अस्वस्थको कारण दर्शार्इ चेन विहीवार र शुक्रवार दुर्इ दिन अदालतमा उपस्थित भएन । ३ मार्चमा लिइएको वयानमा उनलाई दिलबहादुरको हत्यामा संलग्न रहेको प्रहरी पीसी होई का केर्इको तालीम सम्वन्धी व्यक्तिगत विवरणहरूको विषयमा प्रश्नहरू गरिएको थियो । वयानको क्रममा पीसी होइले प्रशिक्षणको क्रममा गोली चलाउनु नपर्ने अवस्थामा समेत गोली चलाएको र कतिपय परीक्षामा असफल भएको रेकर्ड देखाईएको थियो । उनलाई कोरोनरको अधिकृतको तर्फवाट प्रश्न सोधिसकिएको छ भने पीडितको वकील नाइजेल क्याटको प्रश्न सोध्नेक्रम जारीछ । आगामी सोमवार ८ मार्चका दिन उनको वयान जारी रहनेछ । सम्भवत उनको वयान ९ वा १० मार्चको दिन समाप्त हुनेछ ।
पक्षको वकील नाइजेल क्याटले प्रश्न सोध्ने क्रममा कुन कुन क्षेत्रको प्रश्नहरू सोध्न पाइने वा कुन क्षेत्रको प्रश्न सोध्न नपाईने भन्ने विषयमा जुरीहरूको अनुपस्थितिमा छलफल भएको थियो । रिकी चेनलाई प्रश्न सोध्नु अगावै जुरीहरूले कुनकुन कुरालाई लिएर फैसला गर्ने भन्ने विषयमा एक दिनभर वहस चलेको थियो । वहसमा पक्षको अधिवक्ता क्याटले निर्णय "हो" वा "होइन" भन्ने खालको छोटो मात्र दिन उचित नहुने भएकोले निर्णय गर्दा जुरीहरूले सविस्तार फैसला दिनुपर्ने माग राखेका थिए । विपक्षका अधिवक्त शाम ले जुरीहरूले "कानुनी हत्या" र ""थाहा छैन" भन्ने विषयमा मात्र फैसला गर्न पाउँछ "गैर कानुनी हत्या" भएको भन्न पाउँदैन भन्ने जिकिर रहेको थियो। पीसी होइको आफ्नो आत्मा रक्षाको लागि गोली चलाएको भन्ने कुराको खण्डन नगरेसम्म गैर कानुनी हत्या नहुने भनाई शामको रहेको थियो । तर यस सम्वन्धी निर्णय कोरोनर विलियम विंसिं वाईले अहिले नदिने वताएका थिए ।साक्षीहरूको वयान सकिने वित्तक्कै वकीलहरूले आ-आफ्नो भनाईहरू राख्न दिइनेछ । सम्भवतः अन्तिम भनाई राख्न थप हप्तादिन जति लाग्न सक्छ । २५ दिन अनुमान गरिएको दिलबहादुरको मृत्यु छानवीन मुद्दा ५४ दिन लामो भइसकेकोछ । मुद्दा अरु १० दिन लाग्न सक्ने अनुमान गरिन्छ ।





Comments (0)
Print
Tell friend
Top
