विशेष सुरक्षा योजनामा कमजोरी भएको सरकारको निष्कर्ष
Thursday, 03.04.2010, 11:07pm (GMT+5.5)काठमाडौं । सरकारले विशेष सुरक्षा योजनामा कमजोरी भएको निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले कमजोरीलाई सच्याएर योजना पुनरावलोकन गर्ने निर्णय गरेको छ । उद्योगी व्यवसायीले एक महिनाभित्र सुरक्षा व्यवस्थामा सुधार नल्याए आन्दोलनमा उत्रने अल्टिमेटम दिएपछि सरकार सुरक्षा योजना पुनरावलोकनको निर्णयमा पुगेको हो । सरकारले विशेष सुरक्षा योजना लागू गरे पनि हत्या र अपहरणका घटनामा कमी आएको छैन । पछिल्लो वर्ष चार सय ५० भन्दा बढीको हत्या भएको छ । त्यसमध्ये तराईका १५ जिल्लामा मात्रै करिब दुई सय ५० जना मारिएका छन् । पछिल्लो पटक गत सोमबार धनुषामा सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या भयो भने मंगलबार साँझ काठमाडौंको लाजिम्पाट-रानीबारीमा गोली हानी मेडिकल व्यवसायी नागेन्द्र पाम्पारीको हत्याप्रयास भएको थियो । बैठकले सागमा लगातार चौथो पटक स्वर्णपदक जित्न सफल तेक्वान्दो खेलाडी दीपक विष्टलाई १० लाख नगदसहित राष्ट्रिय सम्मान दिने निर्णय पनि गरेको छ । साधारणखर्च अनुमान गरिएभन्दा उच्चदरले वृद्धि भएपछि सरकारी खर्च व्यवस्थापन तथा खर्च पुनरावलोकन आयोगसमेत गठन गरिएको छ । गभर्नर पद एक महिनायता खाली भए पनि यस विषयमा सरकारले निर्णय लिन सकेको छैन ।





Comments (0)
Print
Tell friend
Top
