Friday, 07.30.2010, 08:12pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Wednesday, 03.03.2010, 12:12am (GMT+5.5)

-ईन्द्र

फेब्रुअरी १०, २०१०, हङकङ, नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभाले पुन तुलाजंग गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ  कार्यसमिति निर्वाचित गरेको छ।

मंकक स्थित हङकङ प्रोफेसनल टिचर्स् यूनियन हलमा सम्पन्न उक्त वार्षिक साधारण सभाको खुला सत्र यूनियनका अध्यक्ष तुलाजंग गुरुङको अध्यक्षतामा, सचिव होम घलेले कार्यक्रम संचालन र स्वागत भाषण सदस्य रित गुरुङले गरेका थिए भने अतिथिहरुमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका  ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ, मोना हङकङका अध्यक्ष दल सेर्बुजा, लम्जुङ सेवा सेवा समितिका अध्यक्ष सुरेश गुरुङ, नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखा र तामाङ घेदुङ संघका दुर्गा तामाङ थिए।

उक्त अवसरमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका  ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ र नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखाले यूनियनको तेस्रो वार्षिक साधारण सभाको सफलताको कामना तथा ऐक्यवद्वता व्यक्त गरेका थिए। त्यस पछि अध्यक्ष तुलाजंग गुरुङले यूनियनलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने कार्यसमिति तथा शुभेच्छकहरु सबैलाई धन्यवाद दिदै उक्त समिति विघटन गरेका थिए भने बन्द सत्र संचालन गर्नको लागि हेजेन राईको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्दै खुला सत्रको समापन गरेका थिए।

वन्द सत्र हेजेन राईको अध्यक्षतामा सदस्यहरु HKCTU का म्याक टक चिङ, फियानो हङकङ सदस्य भिम गुरुङ, घरेलु कामदार यूनियनका भू.पू. अध्यक्ष माया राई तथा नेपाली जनाधिकार सरोकार समाजका पूर्ण कुमार लोपसाम रहेको समितिले संचालन गरेको थियो। निवर्तमान सचिव होम घलेद्वारा प्रस्तुत् सांगठानिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष मनिष खापुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो। त्यस पछि यूनियनको विधानमा भएको निर्वाचन सम्बन्धि निवर्तमान सदस्य सत्य प्रसाद घलेले जानकारी दिएका थिए। त्यस पछि तुलाजंग गुरुङको अध्यक्षतामा उपाध्यक्ष मोहन राना मगर, सचिव रित गुरुङ, कोषाध्यक्ष मनिष खापुङ सदस्यहरुमा सत्य प्रसाद घले, होम घले, ईन्द्र थापा, मनिष थापा, जीवन पमु, बसन्त थापा, टंक तरामु, नर बहादुर गुरुङ र बेल बहादुर गुरुङ सर्बसम्मतरुपमा निर्वाचित भएका थिए।

 

bagaicha.com

Comments (0)        Print        Tell friend        Top


Other Articles
बसन्ति पुनको गीति एलवम "साहारा" विमोचन (03.01.2010)
तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन (02.28.2010)
नेपाललाई आईसीसी डिभिजन-फाइभको उपाधि, फाइनलमा अमेरिका पराजित (02.27.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षसहित तीन जनालाई निष्काशन (02.24.2010)
संघिय लिम्बूवान गोर्खा भुपु सैनिक तथा भुपु सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन (02.24.2010)
कवि गोष्ठी तथा पुस्तकालय सुभारम्भ (02.21.2010)
अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी (02.21.2010)
भयवाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न (02.20.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र १० संगठनबीच एकता (02.20.2010)
किरात राई जातिलाई नफुटाउन यायोक्खाको माग, भाषिक पहिचान दिलाउनुपर्ने (02.17.2010)
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::|Hot News
उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह
इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.