बसन्ति पुनको गीति एलवम "साहारा" विमोचन
Monday, 03.01.2010, 12:15am (GMT+5.5)
फेब्रवरी २८, २०१०, हङकङ,
जोर्डन स्थित कङ्गन रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी नव गायिका बसन्ति पुनको "साहारा" नामक पहिलो गिती एलवम विमोचन गरिएको छ । कार्यक्रमको अध्यक्षता एच के नेपाल डट कमका सम्पादक पशन तमुले गर्नु भएको थियो भने हिमालयन टोन्सको डाईरेक्टर तथा वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि र अभिभावक चेतमान गुरुङ अतिथि रहनु भएको थियो ।
गायिका स्वयंको शब्द रचना र संगीत रहेको यस गीति एलवममा जम्मा ७ वटा गीतहरू समेटिएका छन् भने १ नम्वरको "रोइरहे" बोलको गीतलाई सरोज सिं ठकुरीको निर्देशनमा भिजुलाईज गरी सकेको कुरा गायिकाले खुलासा गर्नु भयो । सन् २००६ मा मिस ट्यालेन्ट हण्ट उपाधि विजेता सुश्री पुनले कुनै औपचारीक तालिम र शिक्षा विना संघर्षका साथ आफ्नै प्रयासले तयारी पुरा गरि श्रोता समक्ष पस्किन सफल यस गीति एलवमलाई एक पटक सुनि दिएर आफ्नो प्रतिक्रिया सल्लाह र सुझाव दिएर सहयोग गरि दिन आग्रह गर्नु हुँदै यस एलवमको विक्रीबाट प्राप्त सम्पूर्ण रकम सामाजिक सेवामा खर्च गर्ने योजना रहेको कुरा जानकारी गराउनु भयो । दिनको ३ बजे सुरु गरेर लगभग दुई घण्टासम्म चलेको यस कार्यक्रमलाई आलोपालो डटकमका सम्पादक देवराजराईले सन्चालन गर्नु भएको थियो ।





Comments (0)
Print
Tell friend
Top
