Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

Sunday, 01.14.2018, 05:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० पुस २०७४

संखुवासभा


संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेको हो।  माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा भएको दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशीका अनुसार उक्त गाडी काठमाडौंबाट गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी टोलीसहित सवार थियो।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top