Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

३८ वर्षअघि मारिएका १६ जनालाई घोषणा गर्ने सरकारको निर्णय, प्रदेशबारे भएन निर्णय

Friday, 01.12.2018, 02:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ पुस  २०७४

काठमाडौं


मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ३८ वर्षअघि छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । २७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै एका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले ७ प्रदेशको प्रमुख र अस्थायी मुकाम तोक्ने भनिए पनि उक्त निर्णय भने गरेन। बैठकले नेपाली सेनाका उपरथी गौरव चण्डुललाई रथीमा बढुवा गर्दै संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरमा प्रतिस्पर्धामा पठाउने निर्णय गरेको छ। यस्तै प्राविधिक महासेनानी गजेन्द्रलाल महर्जनलाई सहायक रथीमा बढुवा गरेको छ। नेपाल न्याय सेवा विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई पदस्थापन गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top