Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

डा.केसी वीर अस्पतालमा भर्ना

Wednesday, 01.10.2018, 08:48am (GMT+6.5)    | Comment | Print | Tell friend

२६ पुस २०७४

काठमाडौं


पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरीएको छ । अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै हिजो प्रहरीले उनलाई वीरमा पुर्याएरको हो। अनसनको २४ घण्टामा विभिन्न ठाउँमा पुर्याएकोले तनाबका कारण डा. केसीको स्वास्थयमा समस्या सुरु भएको सहयोगीहरुले बताएका छन्। प्रहरी टोलीले केसीका सहयोगीलाई ‘उपचारमा छोड्नु भन्ने माथिको आदेश छ’ भन्दै जानकारी गराएका थिए। अहिले केसीलाई वीर अस्पतालको मेडिसिन विभागमा भर्ना गरेर राखिएको छ। केसीले प्रहरी हिरासत र वीर अस्पतालबाटै अनसन जारी राखेका छन। यसैबीच केसीका समर्थकहरुले आज दिउँसो १ बजेपछि केसीको रिहाईको माग गर्दै देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन। उनीहरुले ‘म पनि डा केसी, मलाई पनि पक्राउ गर’ भन्ने नारा समेत तय गरेका छन।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top