Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

प्रधानन्यायाधीश विरूद्ध डा. केसी १४ औँ पटक अनशनमा

Monday, 01.08.2018, 05:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ पुस २०७४

काठमाडौ


त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले १४ औँ पटक अनशन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डा. केसीले अनशन सुरु गरेका हुन । शर्मालाई कानून विपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्चले पुनर्बहाली गर्न हिजो आदेश दिएको थियो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले चारवर्षे पदावधि सकिन चार दिनअघि हिजो शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनशन बसेका हुन ।  अनसन सुरु गर्नुपूर्व डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छ । त्यसले भ्रष्टहरुलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौं अर्ब राजस्व घाटा बनाएर कंगाल बनाउनमा भुमिका खेलिरहेको छ । यसले आम नागरिकको दोहन गरेर सीमित भ्रष्ट र अपराधीहरु मात्रै धनी हुँदै गइरहेको तथा न्यायालय लगायत राज्यका सबै अंगहरु तिनको कब्जामा गइरहेको अवस्था छ ।’ न्यायालयलाई राजनीतिक दलका नेताहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको केसीको आरोप समेत लगाए । चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको दुई महिना बितिसक्दा पनि चिकित्सा शिक्षा आयोग गठन हुन नसकेको भन्दै उहाँले तत्काल आयोग गठन गर्न सरकार समक्ष माग गरेका छन्। 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top