Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

सुनिता गिरीले हङकङमा ल्याइन “माइत जाने बाटो”

Sunday, 01.07.2018, 10:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा

    ७ जनवरी, हङकङ– हङकङबासी साहित्यकार, कवि एवं हङकङ साहित्यिक साझा श्रृंखलाकी सह–संयोजक सुनिता गिरीको प्रथम कविता संग्रह “माइत जाने बाटो” विमोचन कार्यक्रम भव्यताका सम्पन्न भयो ।
    विमोचन कार्यक्रमका सभापति समेत रहेकी नेपाल क्लब हङकङ तथा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, प्रमुख अतिथि साहित्यकार तथा संस्कृतिविध अतित मुखिया त्यस्तै गरि विशेष अतिथिहरु नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सुब्बा, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, एभरेष्ट साप्ताहिकका प्रकाशक एवं सम्पादक किसन राई, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन “आञ्छन”, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ लगायत विभिन्न व्यक्तित्वहरुद्धारा कृतिलाई सामुहिक रुपमा विमोचन गरिएको थियो । 
    समुच्च विचारकी प्रवर्तक तथा कवि दीपा एवाई राई तथा समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावतीद्धारा समीक्षा राखिएको उक्त कविता संग्रह पछिल्लो समयको एक अब्बल कृतिका रुपमा चित्रित गरेका थिए ।
    साहित्य श्रृंखलाका संयोजक डी.बी.पालुङवा, बुद्धिजिवी एवं समाजसेवी हेजेन राई लगायतका व्यक्तित्वहरुद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा कवि टोपबहादुर याक्खा, पूर्णिमा शाह लगायतले संग्रह भित्रका कविताहरु वाचन गरेर सुनाएका थिए ।
    प्रमुख अतिथि अतित मुखियालाई अयोजकका तर्फबाट खदा लगाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो भने कवि सुनिता गिरीलाई साहित्य श्रृंखला, साहित्य प्रतिष्ठान, समीक्षक समाज, साहित्य महासंघ लगायत विभिन्न साहित्यिक, सामाजिक तथा क्षेत्रिय संघ संस्था तथा उपस्थित शुभचिन्तकहरुद्धारा सम्मान गरिएको थियो ।
    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि अतित मुखियाले शुभकामना मन्तब्यसंगै कृतिमाथि बोलेका थिए भने सर्जक सुनिता गिरीले आफ्नो कृति प्रकाशनका क्रममा सहयोग गर्ने व्यक्ति, संस्था एवं कार्यक्रममा उपस्थित सबैमा धन्यवाद मन्तब्य राखेकी थिइन ।
    याउ मा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रमकी सभापति समेत रहेकी नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङद्धारा श्वागत मन्तब्य राखिएको उक्त कार्यक्रमलाई साहित्यकार नबिन सुहाङले संचालन गरेका थिए ।  

“हङकङ”

टाइमोसन
या स्टारफेरीको बार
जहाँ हरेक क्षण
दुःखहरु उदाउँछन
र अस्ताउँछन ।
(“माइत जाने बाटो” कविता संग्रहबाट)

   “मेरो हजुर”

बिरानो भीडबीच
कसैले बोलाए जस्तै लाग्यो मलाई
कसैले सम्झिए जस्तै लाग्यो मलाई
शहरको यो सुनसान बाटोमा
मेरो छायासँगै हार मिलाएर
कोही हिँडिरहेछ जस्तै लाग्यो मलाई
सायद
हजुरले सम्झिनु भयो कि मलाई ?
(“माइत जाने बाटो” कविता संग्रहबाट)
    नेपाल क्लब हङकङद्धारा प्रकाशित उक्त कविता संग्रहमा ३२ वटा कविताहरु समाहित छन् ।





Hot News

 

SEARCH

Newsletter

Top