Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

पाँच महिला पत्रकारहरूको एउटै गन्तव्य सगरमाथा चुचुरो, सहयोगको आग्रह

Wednesday, 01.03.2018, 02:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

१९ पुस २०७४

काठमाडौँ


बत्तिसपुतली स्थित शिल्पी थिएरमा मंसिर २९ गतेबाट पौष २२ गतेसम्म परिकल्पना तथा निर्देशक सुनील पोखरेलद्धारा निदेशनमा उपेन्द्र सुब्बाके हरियो ढुङ्गा नाटक मञ्चन भैरहेको छ । हिजो मंगलबार भने नाटक केहि फरक कामका लागि मञ्चन भयो । नाटक सुरूवात हुन अघि काठमाडौकी रोजिता बुद्धाचार्य मञ्चमा आँखा भरि आँसु बोकेर भन्दैथिन उनि 'आमा कस्ती थिइन् '? उनले जन्मदिने आमालाई कहिल्यै देख्न पाइनन। घरमा एउटा पुरानो फोटो छ जसमा समेत आमाको अनुहार छेकिएको छ । उनको मनमा यही प्रश्न बाल्यावस्थामा धेरै पटक आए र हजुरबालाई धेरै पटक सोधिन्, एक दिन हजुरबाले आकाशतिर देखाउँदै उनलाई भनेछन्, ‘तिम्री आमा तारा भइसकेकी छन्, आमा भेट्न तिमी त्यहीं पुग्नुपर्छ ।’ उनि सोचथिन घरहरूका कैसिकैसिबाट अग्लो क्षितिजबाट तारामा पुग्छु तर यो सम्भव कहिल्यै भएन । उनि सानैदेखि आकाश पुग्ने र आमा भेट्ने सपना देख्न थालिन् । सञ्चार र रंगकर्म दुवैमा छवि बनाएकी रोजिता अहिले २४ वर्षकी भइसकेकी छन्  तर उनको अग्लो क्षतिज पुग्न सपना भने पुरा हुने भएको छ ।

यतिवेला उनि चार महिला सञ्चारकर्मी साथिका साथ सर्वोच्चो शिखर सगरमाथा आरोहणमा लागेका रहेछन् । आआफ्ना सपना बोकेर सगरमाथा आरोहण गर्न अभ्यास गर्दै छन् । रोजिता बुद्धाचार्य, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ र कल्पना महर्जनको समूहले सगरमाथा आरोहण गर्न लागेको हो । रोजिता एनटिभि, रोशा रासस, प्रियालक्ष्मी न्युज24, कल्पना मेगा टिभि र देउराली फ्रिलेन्सरमा आबद्ध छन् ।


सगरमाथा चढ्ने सपना पाँचै जनाको आ–आफ्नै कथा छ । त्यस मध्यकी देउराली चाम्लिङ पाँचथरमा जन्मिकी हुन भने पछि परिवार धरानमा बसाइँ सर्‍यो । बुबा सिक्षक भएकाले आत्मनिरभरको पाठ पाएकी उनी सानु छदा पासाङल्हामु शेर्पा सगरमाथा चढेर फर्किंदा बाटैमा मृत्यु भएको खबर फैलियो गाउँमा ठुलठुला पोष्टरहरू आए देउरालीकी आमाले भनिन्, ‘मरेपछि कोही पनि अमर हुँदैन तर यी शेर्पिनीचाहिँ सधैँ अजम्बरी भइन् ।’ त्यति बेला देउरालीले सगरमाथा आरोहणको महत्त्व खासै बुझेकी थिइनन् । अहिले त्यही कुराले उनलार्इ सधै उत्साहित बनाउछ । यस्तै सगरमाथा चढ्ने मन भएकाहरूलाई जोड्ने काम भने रोशा बस्नेतले गरेकी हुन् । काम गर्दा चुनौती खेप्न र फरक धारमा हिँड्ने अभिरुचि राख्ने रोशा राष्ट्रिय समाचार समिति आबद्ध छिन् । न्युज रुममै काम गरिहँदा २९ वर्षीया रोशाले कलम चलाउने हातबाट आइस काट्ने औजार चलाएर फरक पहिरचान बनाउने सपना बुनेकी थिइन् । ललितपुरकी कल्पना एक सन्तानकी आमा पनि हुन् । सगरमाथामा भने उनको यो दोस्रो अनुभव हुनेछ । सन् २०१४ मा सगरमाथा यात्रा क्रममा उनी दुर्घटनामा परेपछि ७ दिनकोमामा बसेकी थिइन् । ‘हिम्मत हारेकी छैन,’ उनले भनिन्, ‘दोस्रो जन्म फेरि सगरमाथा चढ्नकै लागि पाएकी हुँ ।’ अनामनगरकी प्रियालक्ष्मीले हिमालका थुप्रै चित्र कोरिन् । कोर्दाकोर्दै हिमाली सौन्दर्य उनको मस्तिष्कमा यसरी बसेछ कि त्यहाँ पुगेर प्रत्यक्ष सौन्दर्य अनुभूति गर्ने सपना देख्न थालिन् । टेलिभिजनमा पत्रकारिता गरिरहँदा उनको ध्याउन्न भने ‘सगरमाथा कसरी चढ्ने ?’ भन्नेमै हुन्थ्यो । सन् २००८ मा शैली बस्नेतलगायतको समावेशी महिला समूहसँग आबद्ध भएर सगरमाथा चढ्ने चाहना राखेकी थिइन् उनले । तर, उति बेला उनको उमेरले साथ दिएन । यति बेला भने उनी आफ्नो गन्तव्यनजिक आइपुगेकी छन् । उनीहरूले दोलखाको रामदुङ र यलुङरी हिमाल पुगेर आइसकेका उनीहरू यहि अप्रिलमा सगरमाथा चढ्ने तयारीमा छन् । फरक पृष्ठभूमिबाट आएका यी महिला पत्रकारको एउटै गन्तव्य बनेको छ सगरमाथा चुचुरो ।

सगरमाथा आरोहणका लागि लागेका यी पाँच सञ्चारकर्मीहरूलार्इ सहयोगका लागि राजधानीको शिल्पी थिएटरमा मंगलबार ‘हरियो ढुंगा’ नाटकको च्यारिटी गरेको थियो । नाटकमा भुटानी सरनार्थीका जिवन र उनिहरूलार्इ गरिएको स्थान्तरणबाट उनीहरूमा परेको अषरका विषयमा केन्द्रित छ ।

रोजिता बुद्धाचार्य र देउराली चाम्लिङका अनुसार ४० प्रतिशत आर्थिक संकलन भएको छ भने आरोहणका लागि तयारी भने निकै अघि बढेको छ । रोजिताले भनिन आरोहण सहयोगका लागि धेरै ठाउँबाट प्रतिबद्धताहरू भएका छन भने धेरै ठाउँबाट सहयोग हुँदै छन् तर पनि पर्याप्त भने हैनन् । त्यसैले यो आरोहणका लागि देश विदेशमा रहनुहुने सम्पूर्णलाइ सहयोग गर्न आग्रह गरेका छन् ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top