Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

प्रथम राष्ट्रिय शाँदार सिल प्रतियोगिता २०७४ सम्पन

Tuesday, 12.05.2017, 02:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर १९, २०७४

काठमाडाैँ


 

पहिचानको लागि प्रतिबद्धताका साथ सुनुवार सेवा समाज वडा समिति, का:त ओखलढुंगाद्धारा आयोजित प्रथम राष्ट्रिय ष्याँदर सिल प्रतियोगिता २०७४ सम्पन हिजो सोमबार भएको छ । ओखलढुंगा जिल्लाको साविकको खिजीकाति गाविस वडा नं. ९ हाल खिजिदेम्बा वडा नं. ४ स्थित कुण्डली चुलिडाँडा स्थित सुनुवारहरूको ष्याँदर थानमा (प्रकृतिपुजा थान) भएको प्रतियोगितामा विभिन्न जिल्लाका सुनुवारहरू सहभागिता रहेको थियो । यो ष्यादरथानबाट ११ वटा ष्यादर थानको दर्शन समेत गर्न सकिन्छ । 

आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रथम राष्ट्रिय ष्याँदर सिल प्रतियोगिता २०७४मा निर्णायकहरू महेन्द्र सुनुवार निभारे,  देविध्वाज सुनुवार खिची, आषिस सुनुवार काःत, बृहसमान सुनुवार महेन्द्रनगर सुनसरि, का:तिच उकुसु काःत रहेका थिए। प्रतियोगितामा उपाधि प्राप्त गर्नेहरू निम्नानुसार छन् :-


प्रथम : खिजि चण्डेश्वरी सुनुवार सेवा समाज, ओखलढुंगा ।

दोस्र‍ो : प्लेत्ति सुनुवार सेवा समाज (प्रिति, रामेछाप) ।

तेस्रो : काःत सुनुवार सेवा समाज (खिजीकाति, ओखलढुंगा) ।

सान्त्वना : ग्लोलि सुनुवार सेवा समाज (गाेली, साेलु) ।

यस्तै उत्कृष्ट नृत्य सङ्योजन : निधिभक्त सुनुवार पुरस्कृत भएका छन् ।

यो प्रतियोगिता प्रथम पटक भएकाले अर्को वर्षबाट उल्लेखनीय सहभागीहरु हुने आयोजकले बताएको छ । आयोजकले सुनुवार भाषा संस्कृति तथा रितिरिवाज तथा पर्यटन प्रवर्द्धनका लागि यस किसिमको प्रतियोगिताले सहयोग गर्ने विश्वास ब्यक्त गरेको छ ।

आयोजकका अनुसार कार्यक्रमका मिडिया पार्टनर बगैंचा डट कम, लिखुदेम्बा डट कम, साहित्य सँगालो डट कम, सुनुवार डट ओआरजि, इन्यूज नेपाल डट कम, अखबर नेपाल डट कम, इहोलिस्टिकन्यूज डट कम, इन्डिजिनिअसभ्वाइस डट कम, रेडियो लिखु, रेडियो कैरन, इन्डिजिनिअस टिभि, अगुल्टो साप्ताहिक, अखवर टाइम्स साप्ताहिक ।यस्तै प्रायोजनमा होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौं, नरेश सुनुवार फोत (हाल हङकङ), श्याम सुनुवार फोत (हाल हङकङ), नविन सुनुवार फोत (हाल हङकङ), मोहन सुनुवार देउरुम्बा (हाल हङकङ), सुरेन्द्र सुनुवार पुस्पते पोखरी (हाल हङकङ), लिमान काःतिच (लिला सुनुवार) साब्ला रावादोलु (हाल अस्ट्रिया), श्याम सुनुवार प्लेत्ति (हाल हङकङ), मिलन सुनुवार प्लेत्ति ग्युदु (हाल हङकङ), दुर्गा सुनुवार पुस्पते पोखरी (हाल काठमाडौं), तारा सुनुवार हाँवा दोलखा (हाल कुस्मा, पर्वत) छन् ।

फाेटाे फेसबुक - का:तिच उकुसु 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top