Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

बम आक्रमणबाट कांग्रेस उम्मेदवार गगन थापासहित ११ घाईते

Monday, 12.04.2017, 04:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

१८ मंसिर २०७४

काठमाण्डौं

 

काठमाण्डौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापाको चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमबाट थापा सहित ११ जना घाईते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाईते हुनेमा जयराम लामिछाने, रेणु बडुवाल, श्यामकृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ छन् । चुनावी प्रचार अभियानमा क्रममा बुढानिलकण्ठ नगरपालिका २ चपलिमा घरदैलो कार्यक्रममा अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घाईते सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । थापालाई बमको छर्रा लागि घाइते भएका छन् । सामान्य उपचार पश्चात उनले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षा स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदिन सरकारसँग आग्रह समेत गरे। घटनाबारे अनुसन्धान भईरहेको महानगरीय प्रहरी कार्यालयले बताएक।  

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top