Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

समृद्धिको सपना कांग्रेसले मात्र पूरा गर्न सक्छ : अर्बपति उद्योगी विनोद चौधरी

Monday, 12.04.2017, 01:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

१८ मंसिर २०७४

परासी


उद्योगपति विनोद चौधरीलाई यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन दुवै सदनको सदस्यको लागि प्रत्यक्षतर्फका उठेका उम्मेद्वारहरुलाईभन्दा पनि बढी लागेको छ । नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सम्हालेदेखि नै कहिले प्रधानमन्त्री शेरबहादुर देउवासंगै नेपाली कांग्रेसको राष्ट्रब्यापी चुनावी प्रचार अभियानमा संलग्न हुनुभएको छ त कहिले नेपाली कांग्रेस कै महामन्त्री सशांक कोइरालाको साथमा जिल्ला जिल्ला पुग्नु भएको छ, कहिले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणको साथमा उहाँ देखिनुहुन्छ त कहिले आफ्नो उद्योगी र व्यापारी समुदायकाबीच यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसलाई विजयी बनाउनु पर्ने एजेण्डा सहित देखा पर्नुहुन्छ । 

उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । उहाँ  नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुट्नुभयो । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै उहाँ घरदैलो अभियानमा सहभागी हुनुभएको हो । निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताउनुभयो । धेरै स्थानमा पुग्ने चाहना र आवश्यकता दुवै भएपनि समयको पावन्दीले सम्भव नभएको चौधरीले बताउनुभएको छ । परासीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर नेपाली कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । उहाँले आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने बताउनुभयो । 


२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै राजनीतिक आन्दोलन सफल पारी संविधान निर्माण गरेर प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काममा नेपाली कांग्रेस २००७ सालदेखि नै सफल प्रमाणित भएकोले आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले सफल ढंगले गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उद्योगपति चौधरीले लोकतन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको सरकारले ल्याएको आर्थिक नीतिले समग्र देश र जनताको जीवनपद्धतिमा ल्याएको परिवर्तनको उल्लेख गर्दै भन्नुभयो,‘त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम  हो ।’

कावासोतीमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गर्नुभयो । चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ । सोमबार उहाँ रुपन्देही, तनहुँ र सुनसरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको छ ।उद्योगपति चौधरीको यो सक्रियता राजनीतिक स्वतन्त्रता  र आर्थिक उदारीकरणको खुला वातावरणमा मौलाउदै गरेको नेपालको आर्थिक विकास र हुर्कदै गरेको निजी क्षेत्र कम्युनिष्ट अधिनायकवाद र तानाशाही राजनीतिक व्यवस्थाको बन्द आर्थिक व्यवस्थातिर नजाओस् भन्ने राजनीतिक र आर्थिक स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीको अधिकार रक्षाका लागि गरिएको एक स्वस्थ र प्रजातान्त्रिक पहल पनि हो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top