Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

प्रधानमन्त्री बसेको होटेल नजिकै बम, सेनाद्वारा निष्क्रिय

Monday, 12.04.2017, 12:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रधानमन्त्री बसेको होटेल नजिकै बम, सेनाद्वारा निष्क्रिय

 

१८ मंसिर २०७४

काठमाडाैँ

 

चुनावी अभियानमा धनगढीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटी नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ । प्रधानमन्त्री देउवा बसेको होटेल भन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । कैलालीका प्रहरीका अनुसार प्रहरीले तालिम प्राप्त कुकुरको माध्यमबाट वम राखेको पत्ता लगाएको थियो । घिमिरेका अनुसार बम सामान्य भएपनि सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखी प्रहरीले सर्च गर्दा उक्त बम फेला परेको हो । प्रधानमन्त्री देउवा धनगढीको होटेल डिभोटीमा बस्दै आएका छन् । घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रमुख घिमीरेले बताए ।

 

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top