Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

‘सम्वृद्ध राष्ट्र निमार्णका लागि बाम गठबन्धनलाई जिताऔ’ कल्पना योङहाङ

Friday, 12.01.2017, 10:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, १५ मंसिर । उद्यमी कल्पना लिम्बू योङहाङलाई यतिखेर चुनावी चटारो छ । नेकपा एमालेको तर्फबाट काठमाडौंको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभाका लागि समानुपातिक उमेद्वार रहेकी कल्पना करिब एक महिनायता मतदाताको घरदैलो चहारिरहेकी छन् । 
बाम गठबन्धनको बलियो पकड रहेको सो क्षेत्रमा घरदैलो कार्यक्रमका क्रममा मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको कल्पनाले बताइन् । यो क्षेत्रमा बाम गठबन्धनको जीत सुनिश्चित छ’ कल्पनाले भनिन्, पहिलेदेखि यहाँका जनता बाम एकता चाहन्थे । यसपटकको एकताले जनता उत्साहित छन् ।’ बाम गठबन्धन भएपनि समानुपातिकतर्फ नभएकाले सुर्य चिन्हमा मतदान गरेर आफूलाई जिताउन तीन नम्बर क्षेत्रमा मतदातासँग अनुरोध समेत गरेकी छन् । 
२०४० सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय कल्पनासँग नकेपा एमालेको भातृ संगठन तथा विभिन्न इकाईहरुमा रहेर कुसल कार्यसम्पादनको अनुभव छ । अर्थनीति र राजनीतिलाई सँगै डोर्‍याउन सकेमात्र देशको विकास हुने धारणाकी कल्पना भन्छिन्, बाम गठबन्धनको जीतसँगै अब समृद्ध राष्टको पनि ढोका खुल्नेछ ।’ 
प्रदेश सभाको समानुपातिकमा आफू चुनिए महिलाको हकअधिकार र विकासका कुरालाई जोड दिने उनले बताएकी छन् । उनले यस ऐतिहासिक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनलाई बहुमतले जिताउन अनुरोध गर्दै कम्युनिष्ट एकता राष्ट्र विकास र समृद्धिको सुत्रधार भएकोमा जोड दिइन् । प्रतिनिध र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउँदो २१ गते हुँदैछ । 
प्रतिनिध र प्रदेश सभा निर्वाचनमा प्रदेश-३ को काठमाडौ क्षेत्र नं। ३ को नेकपा एमालेको तर्फबाट प्रदेश सभाका लागि समानुपातिक उमेरद्वार कल्पना लिम्बू योङहाङसँग गरिएको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।


सुकमाया राई

Hot News

 

SEARCH

Newsletter

Top