Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

आयोगले सुरक्षा र आगामी रणनीतिबारे छलफल गर्दै

Friday, 12.01.2017, 10:48am (GMT+6.5)    | Comment | Print | Tell friend

१५ मंसिर २०७४

काठमाडाैँ

 

निर्वाचनको मिति नजिकिएसँगै बढेको सुरक्षा चिन्ता र आगामी रणनीतिबारे निर्वाचन आयोगले आज चारवटै सुरक्षा अंगका प्रमुख तथा गृह र रक्षा मन्त्रालयका सचिवसँग छलफल गर्दैछ । आयोग मुख्यालय कान्तिपथमा अपरान्ह १ बजे हुने बैठकमा पछिल्लो समय बढेको सुरक्षा चिन्ता, उम्मेदवार र मतदाताको सुरक्षाका लागि अपनाइने रणनितिका बारेमा छलफल हुने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिएका छन्। उम्मेदवार र सुरक्षाकर्मी लक्षित आक्रमणको घटना बढेसँगै आयोगले सुरक्षा अधिकारीसंग थप छलफल गर्न लागेको हो । निर्वाचनका समय हुने अराजक तथा आपराधिक गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकायले चलाएको कारबाहि सफल नभएको भन्दै आलोचना भइरहेको समय हुन लागेको छलफललेसुरक्षाको नयाँ रणनिति तय गर्ने बताईएको छ । सरकारले उम्मेदवार, मतदाता र निर्वाचन केन्द्रको सुरक्षाका लागि तीन तहको सुरक्षा कार्ययोजना लागु गरेको बताएपनि बिभिन्न जिल्लामा आतंक फैलिएपछि सुरक्षा अबस्थाको चौतर्फी आलोचना भईरहेको छ । गृहमन्त्रालयले भने छिटपुट घटना बाहेक निर्वाचन हुने क्षेत्रको सुरक्षा अबस्था पुर्णत आफ्नो नियन्त्रणमा रहेको दाबि गरेपनि बम आतंक र उम्मेदवार लक्षित आक्रमण भने रोकिएको छैन । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top