Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > News

इक्साहाङ चेम्जोङको कालो आकाश विमोचित

Thursday, 11.30.2017, 11:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, १४ मंसिर । साहित्यकार इक्साहाङ चेम्जोङको उपन्यास कालो आकाश चर्चित साहित्यकार युग पाठकद्वारा एक कार्यक्रमका माझ बिमोचन गरेका छन् । 
भीमसेनगोलास्थित रेष्टुरेन्ट हटलिप्स रेष्टुरेन्टमा विमोचन गर्दै पाठकले प्रवासमा उपन्यासले के दिदैछ भन्ने भन्दा पनि कर्तव्यपालन गरिरहेको एउटा सर्जकले कसरी लेख्यो होला भन्नेतर्फ केन्द्रीत भएको बताएका थिए । समुदायले आफ्ना सामाजिक परिवेशलाई पुस्तकमार्फत उतार्नु झनै महत्वपूर्ण पाटो रहेको पनि पाठकले बताएका थिए । 
पुस्तकको समिक्षा गर्दै अर्का चर्चित साहित्यकार विमला तुम्खेवाले साहित्य क्षेत्रमा लाग्नेलाई बिग्रिएको संज्ञा दिइएको तर साहित्यले समाजको चित्र दुरुस्त खिचेको चाही नहेरेको बताएकी थिइन् । आफ्नै संघर्षलाई उजागर गर्दै तुम्खेवाले एउटा ठूलो पुरुषको हुलभित्र एउटी महिलाले हिम्मतिलो कुरा राख्न त सक्छे तर त्यहाबाट सुरक्षित फर्केर आउन सक्छिन् कि सक्दिनन् भनेर शंका उत्पन्न भइरहने स्थिति व्यक्त गरिन् । तथापी एउटा लिम्बूनीले कहिलै नचिनेको केटालाई आउनुस् धान नाचौ भनेर भन्न सक्ने कुरालाई आधार मान्दै फाक्तेपको लिम्बू गाउँको परिवेश लिम्बूलिम्बुनीको संघर्षको पाटो यस उपन्यासमा रहेको प्रष्ट्याइन् । 
तुम्खेवा आफैले पनि प्रकाश कोविदको उपन्यास पढेर साहित्ययात्रामा लागेको सन्दर्भलाई कोट्याउदै कालो आकाशमा उपन्यास पनि कोविदकै प्रभाव रहन खोजेको बताएकी थिइन् । कोविदको उपन्यासहरु उच्चकोटीको रहेपनि चर्चामा नल्याइएको कुरालाई जोड दिइन् । 
नेपाल प्रेस काउन्सिलका सदस्य तथा साहित्यकार चेतनाथ धमलाले प्रवासबाट नेपाली साहित्यमा राम्रा राम्रा कृति आइरहेको कुरालाई अत्यन्तै राम्रो काम भनी प्रंशसा गरेका थिए । 
चेम्जोङसंगै कुनैबेला मलेसियामा साहित्य सारथी बनेका सञ्जय राई छुच्चाले स्वागत मन्तव्यमार्फत आफ्ना दौतरीहरु धमाधम कृति निकाल्दै जाादा ज्यादै खुशी भएको कुरा बताएका थिए । हामीले नेपालमा हुनेजति राम्रो लेख्न सक्दैनौ होला, तर प्रवासमा कर्तव्यपालन गर्दै लेख्नुमा गर्वको कुरा हो भनी भनेर प्रवासबाट आउने कृतिको गम्भिर्यता औल्याएका थिए । 
प्रकाशनको चााजोपााजो मिलाउनेदेखि विमोचनसम्मको सन्दर्भ जोड्दै साहित्यकार तथा पत्रकार देवेन्द्र सुर्केलीले माओवादी द्वन्द्वले एउटा शान्त गाउँमा कसरी अशान्त तुल्यायो भन्ने कुरालाई सान्दर्भिक ढङ्गले लेखेको बताएका थिए । भने कार्यक्रमका सभापतित्व गरेका काङ्सोरे मिडिया प्रा.लि.का अध्यक्ष तथा एनआरएन मलेसिया महासचिव सुन्दर आलेले प्रवासबाट आर्थिक विकासमा टेवामात्र होइन, सृजनशीलताको विकास भएको चर्चा गरेका थिए । 
पत्रकार मिलन लिम्बूको सारगर्भित सञ्चालन रहेको पुस्तक विमोचन कार्यक्रममा पुस्तकको विक्रीबाट आम्दानी भएको सम्पूर्ण रकम सद्भाव नेपालले सञ्चालनमा ल्याउन लागेको बृद्धाआश्रय घरलाई दिइने घोषणा पनि भएको थियो । 


सुकमाया राई

Hot News

 

SEARCH

Newsletter

Top