Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

जोर्डन मै नेपालीहरु द्वारा सेफ्टी तालिम र सेफ्टि कार्ड उपलब्ध गराईने

Thursday, 11.30.2017, 09:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
हङकङमा पहिलो पटक नेपालीहरु द्वारा स्थापित "एशिया भेन्चर ह्युमन रिसोर्सेस एन्ड कन्स्ट्रक्सन " कम्पनी मार्फत निर्माण क्षेत्रमा काम गर्न अनिवार्य आधारभूत सुरक्षा सम्बन्धि प्रशिक्षण तालिम र कार्ड(सिटा ग्रीन कार्ड) प्रदान गर्ने भएको छ। आज उक्त कम्पनीको जोर्डनको साङ्घाई स्ट्रीटमा अवस्थित ओसन बिल्डिङको उन्नाइसौं तल्लामा बिधिवत उद्घाटन भएको छ। अधिकातम तीस सिट सङ्ख्या क्षमता रहेको उक्त कम्पनिले भोलि शुक्रवार पहिलो लटको सेफ्टी तालिम कार्ड ईष्यु गर्ने भएको छ। उक्त तालिमको प्रशिक्षक रजिस्टर्ड नेपाली सेफ्टी अफिसर द्वारा गराईने कुरा कम्पनीका डाईरेक्टर भिमचन्द्र गुरुङले बताए। गुरुङका अनुसार प्रशिक्षार्थीहरुको सुबिधालाई मध्यनजर गर्दै सेफ्टि तालिक र कार्डका लागि अनलाईन, भाइबर, वाट्सअप मार्फत समेत आवेदन गर्न सकिने छ।

प्राय सबै नेपालीहरुले मिस्टर ली द्वारा स्थापित हङकङ ह्युमन रिसोर्सेस लिमिटेड बाट उक्त तालिम र कार्डहरु प्राप्त गरिरहेका छन। मिस्टर ली को कम्पनी भन्दा तपाईहरुको कम्पनीले नेपाली प्रशिक्षार्थीहरुलाई दिईने प्रशिक्षणमा के भिन्नता रहने छ भनि सोधिएको प्रश्नमा कम्पनीको अध्यक्ष मदन राज थापाले भने " अन्य कम्पनी वा ईन्स्टिच्युटमा तालिम लिदा अङ्ग्रेजी माध्यम भएकोले भाषाको समस्याले कतिपय टेक्निकल र प्राक्टिकल कुराहरुबाट बन्चित हुन्छ्न। उनिहरु ज्ञान आर्जन गर्ने भन्दा कसरी पास भएर कार्ड प्राप्त गर्ने भन्ने चिन्तामा हुन्छ्न। त्यसैले हामी रजिस्टर्ड नेपाली सेफ्टी अफिसर बाट तालिम दिलाउनेछौ, जसले नेपाली भाषा समेत प्रयोग गरेर सहज साथ सेफ्टी सम्बन्धि ज्ञान दिलाउनेछ्न" उनले थपे " कन्स्ट्रक्सन क्षेत्रमा दुर्घटना हुने रेसिओ नेपालीहरुमा अधिकतम रहेको छ। जुन सेफ्टी सम्बन्धी ज्ञानको अभाव ले पनि हो, हामी सङ्ग फिल्ड मै अनुभवी प्रशिक्षक भएकोले कन्स्ट्रक्सन साइटमा कसरी सुरक्षा अवलम्बन गर्ने भन्ने ब्याबहारिक ज्ञान समेत दिलाउनेछौ, जसले नेपाली कामदारहरु सेफ्टी सम्बन्धि बढी होशियारी अपनाउनेछ।"
यसका अलावा उक्त कम्पनीले भविष्यमा निर्माण सम्बन्धीत कन्फाईन स्पेस, ब्लु कार्ड , रिगर, स्कफ फोल्डिङ, सेक्युरिटी आदिमा समेतको तालिम उपलब्ध गराउने जानकारी दिएका छन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top