Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

सुबास गुरुङको चलचित्र “खै ओ म्हि थेबा” ७ जनवरीमा हङकङमा प्रदर्शन हुदै

Wednesday, 11.29.2017, 07:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

    २८ नोभेम्बर, हङकङ– हङकङबासी अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र “खै ओ म्हि थेबा”  ७ जनवरी २०१८ का दिन याउ मे ताई हलमा प्रदर्शन गरिने भएको छ ।
     चुमलुङ हिम जोर्डनमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशमा आधारित नेपाली गुरुङ चलचित्र “खै ओ म्हि थेबा” हङकङमा प्रर्दशन हुने भएको छ । यस अघि नै नेपाल, युके र अमेरिकामा भने प्रदर्शन भइसकेको छ ।
     नेपाली भएर पनि नेपाली नागरिकता नपाउँदा अनेकौं कष्ट बेहोर्नु परेको अबस्था झल्काउँदै ‘खै ओ म्हि थेवा’ (आयो है ठुलो मान्छे) चलचित्र निर्माण भएको छ । चलचित्र लमजुङको बेसी शहर र तनहुँको केहि भागमा छायाँकन गरीएको छ । नेपाली भएर पनि कहिलेसम्म अनागरिक भएर बस्नुपर्ने हो, ‘खै ओ म्हिथेवा’का निर्देशक शुभाष गुरुङ भन्नुहुन्छ ‘ थुप्रै संख्याका नेपालीहरुको त्यो साझा पिडा चलचित्रले झल्काउँछ ।’ गाउँगाउँमा त्यस्तो समस्याबाट पिल्सीएका ब्यक्तिहरुको अबस्था झल्काउन आफुले यो चलचित्र निर्माण गरेको उहाँले बताउनुभयो ।
      ‘क्लाईमेक्स आर्ट’को तेस्रो र ओस्कारको बाह्रौं प्रस्तुतीमा आएको यो चलचित्र नेपाली भाषा र गुरुङ संस्कृतिमा आधारीत छ । यो चलचित्र १५ बर्ष अगाडी निर्माण भएको गुरुङ चलचित्र ‘म्हिथेवा’ को दोस्रो भाग हो । रोशनी गुरुङको प्रस्तुती रहेको चलचित्रमा रोशनी सँगै गोपाल गुरुङ, बसन्त गुरुङ, सूर्य गुरुङ, लिला गुरुङ र खुशी गुरुङ निर्माता रहेका छन् । चलचित्रमा  सुबास गुरुङ, आनन्द गुरुङ, मञ्जु गुरुङ, उर्मिला गुरुङ, रेशम गुरुङ, गोपाल गुरुङ, खिममायाँ गुरुङ, विश्वास गुरुङ, प्रताप दास (नेपाल आईडल तेस्रो) र दिनेश गुरुङ कलाकार तथा संगीत आरके गुरुङले भरेका छन् ।
      कार्यक्रमलाई लक्ष्मी गुरुङले संचालक गरेकी थिइन भने डेक्समा निर्देशक सुबास गुरुङ, निमार्ता सूर्य गुरुङ, कलाकार विश्वास गुरुङ, साहित्यकार तथा गीत रचनाकार ब्रज कुमार राई र मिलन फाउन्डेसनका अध्यक्ष तथा फिल्म निर्माता दुर्गा मिलन गुरुङ रहेका थिए । यस चलचित्र प्रदर्शनीबाट आएको केही रकम “माया घर“ काठमाडौ समाजिक संस्थालाई दिईनेछ समेत आयोजकले बताए ।
                          फोटो तथा समाचार स्रोतः कृष्ण गुरुङ (जे.पी.टी.एच.के.)




Hot News

 

SEARCH

Newsletter

Top