Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

'मिस लिम्बू'को ट्यालेन्ट राउण्ड

Saturday, 11.11.2017, 07:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, २५ कात्तिक । 'सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू-२०१७'का प्रतियोगीले शुक्रबार आफ्नो कला प्रस्तुत गरे । उनीहरुले नृत्य, अभिनय, चित्रकलालगायतका कला प्रस्तुत गरेका थिए । 
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित 'मिस लिम्बू'को यो पाचौ संस्करण हो । प्रतियोगितामा नुमा कुरुम्बाङ, अविशा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयागगू, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेबे, सवनम सावा, रमुना थेबे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाम्फे सहभागी छन् । 
राजधानीको हात्तिसारस्थित नर्भिक विजनेश कलेजको सभाकक्षमा आयोजित 'ट्यालेन्ट राउण्ड'का लागि लिम्बू भाषाविद् तथा कलाकार यासेली योङहाङ, अभिनेत्री तथा मोडल विपना थापा, पत्रकार गोपाल दाहाल, गायक रुकमान लिम्बू, तारामान रावल र ब्युटिसियन ज्योती थोप्रा निर्णायक थिए । 

प्रतियोगीलाई कोरियोग्राफर कला सुब्बाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छन् । प्रतियोगिताको अन्तिम फाइनल आउदो ४ मंसिर राजधानीमा हुने कार्यक्रम संयोजक याङ्जोम शेर्पाले बताइन् ।



सुकमाया राई

Hot News

 

SEARCH

Newsletter

Top