Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

पेट्रोलियम पाइपलाइन अध्ययनका लागि आइसोसीको टोली आज नेपाल आउँदै

Thursday, 11.09.2017, 12:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

२३ कार्तिक २०७४

काठमाडाैँ


नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणको स्थलगत अध्ययनका लागि भारतीय आयल कर्पोरेशन आइसोसीको टोली आज नेपाल आउँदैछ । सन २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना दुवै पक्षको नीतिगत निर्णयमा ढिलाई हुँदा निर्माण प्रक्रिया ढिलो शुरु भएको हो । निर्माणाधिन पाइपलाइन निर्माणको प्रगतिबारे अध्ययन गर्न आइसोसीका निर्देशक अनिश अग्रवालको नेतृत्वको टोली आज आउन लागेको हो ।  आयोजनाको भौतिक पूर्वाधार , व्यवस्थापकिय प्रक्रिया र निर्माण सामाग्री खरिदमा भइरहेको प्रगति वुझ्न टोली नेपाल आउन लागेको नेपाल आयल निगमका बीरेन्द्र गोइतले जानकारी दिनुभयो । रक्सौलवीरगञ्जअमलेखगञ्ज पाइप लाइन परियोजना ४१ किलोमिटरको दुरीमा रहेको छ ।  ४ अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड रूपैयाँ भारत सरकारले बेहोर्ने छ भने बाँकी १ अर्ब २० करोड रूपैयाँ नेपालले बेहोर्ने निगमले जनाएको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top